Local Sandesh शुक्रबार, कार्तिक २१ २०८३
  • ट्रेण्डिङ :

इलामका कौशल ब्राउन सुगरसहित पक्राउ

इलामका कौशल ब्राउन सुगरसहित पक्राउ

  • सन्देश सम्वाददाता
  • बुधबार, कार्तिक १४ २०८१


इलामका कौशल ब्राउन सुगरसहित पक्राउ

इलाम । प्रतिबन्धित लागूऔषध ब्राउन सुगरसहित इलाम तिल्केनीका कौशल तामाङ पक्राउ परेका छन् । उनलाई इलाम ८ स्थित गोलाखर्कबाट प्रहरीले पक्राउ गरेको हो ।

सोमबार राति ९ः२० बजे गोलाखर्कमा झापादेखि इलामतर्फ जाँदै गरेको प्र १-०१-००१ ज ३९३७ नम्बरको गाडीलाई चेकजाँच गर्दा तिल्केनी बस्ने १८ वर्षीय तामाङको साथबाट ३ ग्राम ब्राउनसुगर फेला परेको थियो ।

उनलाई नियन्त्रणमा लिई थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय इलाममा राखिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार