Local Sandesh शनिबार, असोज ३ २०८३
  • ट्रेण्डिङ :

स्व राजभक्त नेम्वाङ पुरूष फुटबल : क्वाटरफाइनलका ३ खेल सम्पन्न

स्व राजभक्त नेम्वाङ पुरूष फुटबल : क्वाटरफाइनलका ३ खेल सम्पन्न

  • सन्देश सम्वाददाता
  • सोमबार, कार्तिक १२ २०८१


स्व राजभक्त नेम्वाङ पुरूष फुटबल : क्वाटरफाइनलका ३ खेल सम्पन्न

पाँचथर । पाँचथरको फाल्गुनन्द गाउँपालिका-३ पाैवामा जारी स्व राजभक्त नेम्वाङ स्मृति खुल्ला पुरूष फुटबलमा क्वाटरफाइनलकाे ३ खेल सम्पन्न भएकाे छ ।

पहिलाे क्वाटरफाइनल खेलमा नागवेली एफसीलाई २-० गाेल अन्तरले हराउँदै लुङमाहिम एफसीले सेमिफाइनलमा स्थान बनाएकाे छ । दाेश्राे क्वाटरफाइनल खेलमा टु स्टार एफसीले गुम्बाडाँडा एफसीलाई टाइब्रेकरमा पराजित गरेकाे छ ।

निर्धारित समयमा गाेल रहित बराबरी भएपछि टाइब्रेकरमा टु स्टारले ५-४ गाेल अन्तरले जित निकालेकाे हाे । तेश्राे क्वाटरफाइनल खेलमा मुलुहाङ एफसीले फाइभ स्टार एफसीलाई सडनडेथमा पराजित गरेकाे छ ।

निर्धारित समयमा दुबै टिमले १-१ गाेल बराबरी गरेका थिए । टाइब्रेकर प्रहारमा मुलुहाङ ५-४ गाेल अन्तरले विजयी बन्याे । अन्तिम क्वाटरफाइनल सुनाखरी र डिएफसी बिचकाे खेल समय अभावका कारण सम्पन्न हुन सकेन् ।

पहिलाे हाफ गाेलरहित बराबरी भएकाे खेलकाे दाेश्राे हाफ साेमबार बिहान १० बजे गरिने निर्णय भएकाे छ । इलाम र पाँचथरका १६ टिम सहभागी प्रतियोगिताकाे बिजेताले १ लाख र उपविजेताले ५० हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ ।

सर्वाेत्कृष्ट खेलाडी, सर्वाधिक गाेलकर्ता र सर्वाेत्कृष्ट गाेलरक्षकलाई ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने प्रतियोगिता खेल संयाेजक उपेन्द्र नेम्वाङले जानकारी दिए ।

सुनाखरी युथ क्लबले विजया दशमी तथा शुभ दिपावलीकाे अवसरमा संचालन गरेकाे प्रतियोगिता कार्तिक १४ गते सम्पन्न हुने छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार