Local Sandesh शनिबार, असोज ३ २०८३
  • ट्रेण्डिङ :

रोलिङ च्यालेन्ज कप : रेडहर्स इलामलाई हराउँदै मानेभञ्ज्याङ उपाधि नजिक

रोलिङ च्यालेन्ज कप : रेडहर्स इलामलाई हराउँदै मानेभञ्ज्याङ उपाधि नजिक

  • सन्देश सम्वाददाता
  • शुक्रबार, कार्तिक ९ २०८१


रोलिङ च्यालेन्ज कप : रेडहर्स इलामलाई हराउँदै मानेभञ्ज्याङ उपाधि नजिक

इलाम । रेडहर्स एफसी इलामलाई टाइब्रेकरमा हराउँदै भारतको मानेभञ्ज्याङ एफसी अन्तर्राष्ट्रिय आमन्त्रण आठौँ रोलिङ च्यालेन्ज कपको उपाधि नजिक पुगेको छ । बिहीबार धुलाबारी नुमना माविको खेलमैदानमा भएको अन्तिम सेमिफाइनल खेलमा टाइब्रेकरमा ४–३ गोलअन्तरको जित निकाल्दैे मानेभञ्ज्याङले फाइनलको यात्रा तय गरेको हो ।

निर्धारित समयमा १–१ को बराबरीमा खेल सकिएपछि निर्णयका लागि खेललाई सोझै टाइब्रेकरमा लगिएको थियो । जितका लागि मानेभन्जयाङका पियुस श्रेष्ठ, बालकुमार राई, रोबर्ट र श्याम मुर्मुले गोल गरेका थिए । अर्का खेलाडी रोमन भुजेलको प्रहार इलामका गोलरक्षक विवेक मगरले बचाए ।

यता रेडहर्सका तर्फबाट आयुष तिम्सिना, विवेक मगर र सन्तोष कार्कीले गोल गरेका थिए भने साङ्गे शेर्पा र विवेक सुनामको प्रहार पोष्टको दिशा दिन नसकेपछि फाइनल पुग्ने सपना अधुरो रहको थियो । खेलको २१औँ मिनेटमा मानेभञ्ज्याङका पियुस कार्कीले गोल गर्दै खेलमा अग्रता बनाएका थिए । तर, २८औँ मिनेटमा रेडहर्स इलामका तर्फबाट विदेशी खेलाडी अजयी मार्टिनले बराबरी गोल गरेका हुन् ।

म्यान अफ द म्याच मानेभञ्जयाङका पियुस घोषित भए । उनले नगद पाँच हजार र ट्रफी पाए । उनलाई एन्फाका पूर्व केन्द्रीय सदस्य महेन्द्र लिम्बू, मेचीनगर १ का वडा अध्यक्ष रामकुमार राई, खेलप्रेमी सन्जय शर्मा, क्लबका अध्यक्ष नोभेम्बर विक्रम नेम्बाङलगायतले नगद तथा ट्रफी प्रदान गरे ।

साथै राष्ट्रिय खेलाडी नवयुग श्रेष्ठलाई सम्मान गरिएको थियो । शनिबार हुने फाइनल खेलमा आयोजक रोलिङ क्लब र मानेभन्ज्याङ फुटबल क्लब दार्जीलिङबीच प्रतिस्पर्धा हुनेछ । विजेताले नगद ३ लाख र उपविजेताले नगद एक लाख ५० हजार पाउने छ । विधागत पुरस्कार नगद १५ हजार रुपैयाँ छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार