Local Sandesh शनिबार, असोज ३ २०८३
  • ट्रेण्डिङ :

दोश्रो गोरख भेट्रान्स : सेमिफाइनल समिकरण पुरा

दोश्रो गोरख भेट्रान्स : सेमिफाइनल समिकरण पुरा

  • सन्देश सम्बाददाता
  • बिहिबार, कार्तिक ८ २०८१


दोश्रो गोरख भेट्रान्स : सेमिफाइनल समिकरण पुरा

समाल्बुङ । इलामको सूर्योदय नगरपालिका–५ समाल्बुङमा जारी दोश्रो गोरख भेट्रान्सको सेमिफाइनल समिकरण पुरा भएको छ । दोश्रो दिनको खेल सम्पन्न भएसंगै सेमिफाइनल भिड्ने टिम पक्का भएको हो । पहिलो सेमिफाइनल खेलमा पूर्वेली भेट्रान्स विर्तामोड र बरमियोक नाम्पिङ्ग भेट्रान्स भिड्नेछन् ।

दोश्रो सेमिफाइनल खेलमा दमक–लखनपुर र युएफसी भेट्रान्स बुङ्कुलुङ भिड्ने पक्का भएको छ । आज सम्पन्न तेश्रो क्वाटरफाइनल खेलमा सिक्किमले घरेलु टोली गोरख भेट्रान्स माथि ३–१ गोेल अन्तरको जित निकालेको थियो । खेलको म्यान अफ दि म्याच सिक्किमका दावा भोटियो घोषित भए ।खेलको म्यान अफ दि म्याच सिक्किमका दावा भोटियो घोषित भए । इन्टरनेशनल ह्युमन राइस्ट्स नर्थ इस्ट सिक्किम इन्डिया प्रेसिन्डेन्ट गणेश शर्माले पहिलो गोलकर्तालाई घोषणा गरेको नगद पुरस्कार २ हजार सिक्किमका गोपी बजगाईले प्राप्त गरे ।

अन्तिम क्वाटरफाइनल खेलमा बुङ्कुलुङले फेमेगुरु भेट्रान्स माथि टाइब्रेकरमा ५–४ गोल अन्तरको जित निकालेको हो । निर्धारित समयमा दुवै टिमले गोलरहित बराबरी खेलेका थिए । खेलको म्यान अफ दि म्याच बुङकुलुङका गोलरक्षक रोहित देवान घोषित भए ।

गोरख टोल विकास संस्था सूर्योदय नगरपालिका–५ समालबुङको आयोजना र गोरख युनाइटेड क्लबको सहआयोजनामा सामसुङ मेमोरियल मैदानमा प्रतियोगिता जारी प्रतियोगितामा नेपालका ५ र भारत ३ गरी ८ टिमको सहभागिता रहेको थियो ।

आगामी कार्तिक १० गते सम्पन्न हुने प्रतियोगिताको बिजेताले ७० हजार र उपविजेताले ३५ हजार नगद पाउने छन् । उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता र प्रत्येक खेलका उत्कृष्ट खेलाडीलाई पनि पुरस्कार व्यवस्था गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार