Local Sandesh शनिबार, असोज ३ २०८३
  • ट्रेण्डिङ :

दोश्रो गोरख भेट्रान्स फुटबलको तयारी पुरा

दोश्रो गोरख भेट्रान्स फुटबलको तयारी पुरा

  • सन्देश सम्बाददाता
  • मंगलबार, कार्तिक ६ २०८१


दोश्रो गोरख भेट्रान्स फुटबलको तयारी पुरा

फिक्कल । दोस्रो संस्करणको गोरख भेट्रान्स कप फुटबल प्रतियोगिताको तयारी पुरा भएको छ । गोरख टोल विकास संस्था सूर्योदय नगरपालिका–५ समालबुङ को आयोजना र गोरख युनाइटेड क्लबको सहआयोजनामा आगामी भोली (कार्तिक ७ गते) बाट संँचालन हुने प्रतियोगितामा तयार पुरा भएको आयोजना समितिका संयोजक विकास तामाङले जानकारी दिए ।

सामसुङ मेमोरियल मैदानमा प्रतियोगिता अन्तर्गत उद्धघाटन खेलमा पूर्वेली भेट्रान्स विर्तामोड र एमसीसी भेट्रान्स फिक्कल भिड्नेछन् । भोली नै दोश्रो खेलमा पाहुना टोली जिजे युनाइटेड भेट्रान्स दार्जिलिङ र दमक लखनपुर भेट्रान्स दमक खेल्नेछन् । प्रतियोगितामा नेपाल र भारतका ८ भेट्रान्स फुटबल टिमको सहभागिता रहेको छ ।

प्रतियोगितामा गोरख भेट्रान्स सुर्योदय नगरपालिका ५, एमसीसी भेट्रान्स फिक्कल, युएफसी भेट्रान्स बुङ्कुलुड, फेमेगुरु भेट्रान्स इलाम, पूर्वेली भेट्रान्स बिर्तामोड, दमक लखनपुर भेट्रान, दमक, जि जे युनाइटेड भेट्रान्स दार्जिलिङ्ग, बरमिक नाम्पिङ्ग भेट्रान्स सिक्किम सहभागि छन् ।

विजेताले ७० हजार र उपविजेताले ३५ हजार नगद पाउने आयोजक समितिका विकास तामाङले जानकारी दिए। विजेता र उप –विजेतालाई नगदसहित, ट्रफी, मेडल र प्रमाणपत्र पनि प्रदान गरिने छ।

उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता र प्रत्येक खेलका उत्कृष्ट खेलाडीलाई पनि पुरस्कार व्यवस्था गरिएको तामाङले बताए। प्रतियोगिताको प्रत्यक्ष प्रसारण लोकल सन्देश फेसबुक र युट्युवबाट हुनेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार