Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

इलामबाट बिर्तामोड लगिएको टमाटरमा अत्यधिक विषादी, खान अयोग्य

इलामबाट बिर्तामोड लगिएको टमाटरमा अत्यधिक विषादी, खान अयोग्य

  • सन्देश सम्वाददाता
  • मंगलबार, कार्तिक ६ २०८१


इलामबाट बिर्तामोड लगिएको टमाटरमा अत्यधिक विषादी, खान अयोग्य

बिर्तामोड । झापाको बिर्तामोडमा रहेको कृषि थोक बजारमा बिक्रीका लागि लगिएको टमाटर खान अयोग्य रहेको जनाइएको छ । विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला इकाइ बिर्तामोडले बजारमा ल्याइएका टमाटरमा अत्यधिक विषादी भएको पुष्टि भएको छ । ती टमाटर इलामबाट निर्यात गरिएको हो ।

कृषि थोकका व्यवसायी मनिष शाहले आयात गरेको टमाटरमा ५६.८२१५ अर्गानो फस्फेट देखिएको प्रयोगशालाले जनाएको छ । विषादी परीक्षणमा ४५ भन्दा माथि अर्गानो फस्फेट देखिएमा डिस्पोज गर्ने गरिन्छ ।यसअघि दानाबारीबाट आयात गरिएको काँचो केरामा पनि अत्यधिक विषादीको मात्रा फेला परेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार