Local Sandesh शनिबार, असोज ३ २०८३
  • ट्रेण्डिङ :

एक वर्षपछि खेलमा फर्किए नेयमार

एक वर्षपछि खेलमा फर्किए नेयमार

  • सन्देश सम्वाददाता
  • मंगलबार, कार्तिक ६ २०८१


एक वर्षपछि खेलमा फर्किए नेयमार

एजेन्सी ।  चोटका कारण मैदान बाहिर रहेका ब्राजियज स्टार नेयमार एक वर्षपछि खेलमा फर्किएका छन्। नेयमारले एएफसी च्याम्पियन्स लिग इलिटमा गएराति अल–ऐन एफसीविरुद्ध खेल्दै पुनरागमन गरेका हुन्। उनी अतिरिक्त खेलाडीको रूपमा ७७औँ मिनेटमा मैदान छिरेका थिए। नेयरमार फर्किएको खेलमा अल हिलालले ५–४ को रोमाञ्चक जित दर्ता गर्‍यो।

नेयमार गत वर्षको अक्टोबरमा फिफा विश्वकप दक्षिण अमेरिकी छनोटमा उरुग्वेविरुद्ध खेल्दा घाइते भएका थिए। उनको एन्टेरियर क्रुसिएट लिगामेन्टको शल्यक्रिया गरिएको थियो। नेयार मैदान फर्किएको खेलमा साउदी प्रो लिग क्लब हिलालले डिफेन्डिङ च्याम्पियन अल–ऐनलाई पराजित गर्‍ यो।

उसका लागि सलेम अल्दाओसरीले ह्याट्रिक गर्दा रेनान लोदी र सर्जेज मिलिन्किोभिच सभिकले एक(एक गोल गरे। अल(ऐनका लागि सोफियन्स रहिमीले एक पेनाल्टीसहित ३ गोल गर्दा मोतेओ सनाब्रियाले एक गोल थपे।

प्रतिक्रिया
सम्बन्धित समाचार