इलाम । जय नेपाल प्रतिभा प्रोत्साहन प्रतिष्ठानले गायक एवम संगीतकार गणेश रसिक र नागरिक अगुवा तायोनाथ भट्टराई सहित ७ जनालाई सम्मान गर्ने भएको छ । आगामी कार्तिक १४ गते आदर्श माध्यमिक बिद्यालयको सभाकक्षमा आयोजना हुने कार्यक्रममा विभिन्न विद्याबाट सम्मानित हुने भएका हुन् । रसिकलाई ७७ हजार ७ सय ७७ राशीको पुर्णटुङ्ग आदर्श नागरिक सम्मान गरिने भएको हो ।
त्यसैगरी भट्टराईलाई ३३ हजार ३ सय ३३ रुपैया राशीको पद्मटुङ्ग अगुवा नागरिक सम्मान गरिने भएको हो । त्यसैगरीे गजराज खम्बसिंह जानुकादेवी आदर्श समाजसेवी सम्मान अर्जुन थापा, उदयरत्न सावित्री उत्कृष्ट कृषक सम्मान मदन राई र भृकुटी शिवमाया लक्ष्मण अग्रणी महिला सम्मान लिलादेवी श्रेष्ठलाई प्रदान गरिने भएको हो । ३ वटै विधामा ३३ हजार ३ सय ३३ रुपैया राशी रहेको छ ।
१५ हजार १ सय राशीको रामहरि नारायण प्रसाद शिक्षक सम्मान खगेन्द्र पिठाकोटे र १० हजार १ सय राशीको मधु जनक उत्कृष्ट बिद्यार्थी विज्ञान पुरस्कार खान्द्रुङ माविकी रेखा गोले तामाङलाई प्रदान गर्ने निर्णय भएको आयोजक समितिका सचिव विमल वैद्यले जानकारी दिए ।