Local Sandesh शनिबार, असोज ३ २०८३
  • ट्रेण्डिङ :

न्युजिल्याण्ड बन्यो विश्व च्याम्पियन

न्युजिल्याण्ड बन्यो विश्व च्याम्पियन

  • सन्देश सम्वाददाता
  • सोमबार, कार्तिक ५ २०८१


न्युजिल्याण्ड बन्यो विश्व च्याम्पियन

इलाम । न्युजिल्यान्डले पहिलो पटक महिला टि ट्वान्टी विश्व कपको उपाधि जितेको छ । युएईको दुबई क्रिकेट स्टेडियममा आइतवार भएको फाइनलमा दक्षिण अफ्रिकालाई ३२ रनले हराउँदै न्युजिल्यान्डले पहिलो पटक उपाधि जितेको हो ।
तेस्रो पटक फाइनल खेलेको न्युजिल्यान्ड पहिलो पटक च्याम्पियन बन्दा दक्षिण अफ्रिकाले भने लगातार दोस्रो संस्करणमा उपविजेतामा सिमित भयो ।

न्युजिल्यान्ड सन् २००९ को पहिलो र २०१० को दोस्रो संस्करणमा फाइनल पुगे पनि च्याम्पियन बन्न सकेको थिएन । १ सय ५९ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले २० ओभरमा ९ विकेट गुमाएर १ सय २६ रन मात्र जोड्न सक्यो । दक्षिण अफ्रिकाकी कप्तान लौरी ओलिभर्टले २७ बलमा सर्वाधिक ३३, तज्मिन ब्रिट्सले १८ बलमा १७ तथा चालो ट्राइअनले १४ रन जोडिन् ।

न्युजिल्यान्डका लागि अमेलिया केर र रोजमेरी मेरले समान ३ तथा इडन कारसन, फ्रान जोन्स र ब्रुकी हलिडेले समान १ विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गर्ने निम्ता पाएको न्युजिल्यान्डले २० ओभरमा ५ विकेट गुमाएर १ सय ५८ रनको योगफल तयार गरेको थियो ।न्युजिल्यान्डकी अमेलिया केरले ३८ बलमा सर्वाधिक ४३, ब्रुकी हलिडेले २८ बलमा ३८ तथा सुजि बिटेसले ३१ बलमा ३२ रन जोडिन् ।

दक्षिण अफ्रिकाका लागि नोनकुलुलेको मल्बाले २ विकेट लिइन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार