Local Sandesh शनिबार, असोज ३ २०८३
  • ट्रेण्डिङ :

रोलिङ च्यालेन्ज कप : इटहरीलाई हराउँदै मानेभञ्ज्याङ अन्तिम चारमा

रोलिङ च्यालेन्ज कप : इटहरीलाई हराउँदै मानेभञ्ज्याङ अन्तिम चारमा

  • सन्देश सम्वाददाता
  • आइतबार, कार्तिक ४ २०८१


रोलिङ च्यालेन्ज कप : इटहरीलाई हराउँदै मानेभञ्ज्याङ अन्तिम चारमा

इलाम । पाहुना टोली मानेभञ्ज्याङ एफसी झापाको धुलाबारीमा जारी अन्तर्राष्ट्रिय आमन्त्रण आठौँ रोलिङ च्यालेन्ज कपको सेमिफाइनल प्रवेश गरेको छ । धुलाबारी माविको खेलमैदानमा भएको दोस्रो क्वार्टरफाइनल खेलमा राष्ट्रिय जागृति क्लब इटहरीमाथि १–० गोल अन्तरले जित निकाल्दै अन्तिम चारमा प्रवेश गरेको हो । मानेभञ्ज्याङको जितमा सोनाम जाङपो भुटियाले गोल गरे ।

खेलको २१ औँ मिनेटमा राष्ट्रिय जागृतिका कप्तान मनिन्द्र याख्खाले मानेभञ्ज्याङका खेलाडीलाई बक्सभित्र लडाएपछि पाएको पेनाल्टीमा भुटियाले गोल गरे । खेलको ४२ औ मिनेटमा वीरेन प्रधान दोहोरो पहेलो काड खाँदै मैदान बाहिरिएपछि मानेभञ्ज्याङ १० खेलाडीमा सिमित भएको थियो । खेलको ६१ औँ मिनेटमा इटहरी समेत १० खेलाडीमा सिमित हुन पुग्यो ।

मानेभञ्ज्याङका गोलरक्षक सचिन सुब्बामाथि फाउल गरेपछि राष्ट्रिय जागृतिका मिलन राईले रेड कार्ड बोक्दै मैदान बाहिरिए ।अनुहारमा चोट लागेका सुब्बालाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ । खेलमा सातवटा पहेँलो कार्ड देखाइएको थियो । खेलको म्यान अफ द म्याच मानेभञ्ज्याङका गोलकर्ता भुटिया भए । उनले नगद पाँच हजार र ट्रफी पाए ।

तेस्रो क्वार्टरफाइनल खेल सुकुना युनाइटेड एफसी पश्चिम बंगाल भारत र मोरङको सम्राट स्पोर्टिङ क्लबबीच हुनेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार