Local Sandesh मंगलबार, साउन १२ २०८३
  • ट्रेण्डिङ :

रोलिङ च्यालेन्ज कप २०८१ : एपीएफ पकलीलाई हराउँदै रोलिङ सेमिफाइनल प्रवेश

रोलिङ च्यालेन्ज कप २०८१ : एपीएफ पकलीलाई हराउँदै रोलिङ सेमिफाइनल प्रवेश

  • सन्देश सम्वाददाता
  • शनिबार, कार्तिक ३ २०८१


रोलिङ च्यालेन्ज कप २०८१ : एपीएफ पकलीलाई हराउँदै रोलिङ सेमिफाइनल प्रवेश

इलाम । आयोजक रोलिङ क्लबले धुलाबारीमा आठौँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण रोलिङ च्यालेन्जकप २०८१ को सेमिफाइनल प्रवेश गरेको छ । उद्धघाटन खेलमा सुनसरीको सशस्त्र प्रहरी बल (एपीएफ) पकली लाई ५–२ गोल अन्तरले हराउँदै रोलिङ अन्तिम चारमा प्रवेश गरेको हो । खेलको नवौँ मिनेटमा रोलिङका उत्सव राईले गोल गर्दै अग्रता दिलाएका थिए ।

२५ औँ मिनेटमा आशिष चापागाईंले अग्रता दोब्बर पारे । ३३ औ मिनेटमा एपीएफका समिर दर्जीले गोल गर्दै अन्तर २–१ मा झारेका थिए । ४० औँ मिनेटमा रोलिङका कप्तान निरज कार्कीले गोल अन्तर ३–१ बनाए । ५८ औँ मिनेटमा उत्सव राईले व्यक्तिगत दोश्रो तथा टिमका लागि चौथो गोल गरे । खेलको इन्ज्युरी समयमा रोहण कार्कीले गोल गदै अन्तर ४–१ बनाए । लगतै एपिएफका कुमार राईले गोल गरेपनि जित दिलाउन पर्याप्त भएन् ।

म्यान अफ दी म्याच रोलिङका दुई गोलकर्ता उत्सव राई भए । उनले नगद पाँच हजार र ट्रफी पाए । उनलाई मेचीनगर १० का वडा अध्यक्ष नारायण खनाल , खेलप्रेमी तुमन रोय र झापा जिल्ला फुटबल संघका अध्यक्ष भगिरथ आले मामाले नगद तथा ट्रफी प्रदान गरे । क्लबका अध्यक्ष नोबेम्बर नेम्वाङको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि मेचीनगर नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले शुभकामना व्यक्त गर्दै आगामी संस्करणमा पालिकाले पूर्णरुपमा सहयोग गर्ने प्रतिबद्धता जनाए ।

कार्यक्रममा अध्यक्ष नेम्वाङले स्वागत गर्दै औचित्यमाथि प्रकाश पारेका थिए । कार्यक्रमको सञ्चालन सचिव महेश खड्काले गरेका थिए । भोलि हुने दोस्रो क्वार्टर फाइनल खेलमा दार्जिलिङको मानेभञ्ज्याङ एफसी र राष्ट्रिय जागृति क्लब इटहरीबीच प्रतिस्पर्धा हुनेछ । धुलाबारी माविको खेल मैदानमा जारी प्रतियोगिताको फाइनल खेल कात्तिक १० गते हुनेछ ।

प्रतियोगिताको विजेताले नगद ३ लाख र उपविजेताले नगद एक लाख ५० हजार, ट्रफी र मेडल पाउनेछ । प्रत्येक खेलको प्लेयर अफ द म्याचले ५ हजार रुपैयाँ पाउँदा विधागत पुरस्कार नगद १५ हजार रुपैयाँ पाउने छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार