फिक्कल । इलामको सूर्योदय नगरपालिका-१४ भुतेनी टोलका २९ वर्षे मनकुमार योङहाङको भारत केरलामा मृत्यु भएको छ ।
रोजगारीका लागि तीन वर्षयता केरलामा रहेका योङहाङलाई सोमबार बिहान ४ बजेतिर नेपियर रोपिएको ठाउँमा गाईको गोबर फ्याँक्नेक्रममा विषालु सर्पले डसेको थियो ।
उपचार क्रममा हिजो साँझ मनकुमारको मृत्यु भएको उनका काका इन्द्र सुब्बाले जानकारी दिए । योङहाङका बुबा पनि रोजगारीक्रममा केरलामै छन् ।
मनकुमारको शव नेपाल ल्याउने प्रक्रिया रहेको इन्द्रको भनाइ छ । मनकुमारका पत्नी र छोरी छन् ।