मालुम । मालुम युवा क्लव द्वारा आयोजित स्व सुबास पौडेल स्मृति खुल्ला नकआउट फुटबल प्रतियोगिताको फाइनल खेलमा मालुम युवा क्लव बिजयी भएको छ। अत्यन्तै प्रतिष्पर्धात्मक र रोमाञ्चक बनेको फाइनल खेलमा न्यु भिजन स्पोटिङ टिम तिनघरेलाइ ० का बिरुद्ध १ गोल गर्दै आयोजक मालुम युवा क्लव सुनपा ८ बिजयी बनेको हो । प्रतियोगितामा न्यु भिजनले उपबिजेतामा चित्त बुझाउन पुगेको छ।
नगद १ लाख ५० हजार राशीको पुरस्कार साथमा ट्रफी मेडल र प्रमाण पत्र समेत राखिएको प्रतियोगिता खेल मैदान स्तरोन्नति गर्ने मुख्य उधेश्यका साथ आयोजना गरिएको प्रतियोगितामा क्लबको नाममा खेल मैदान निर्माणमा निशुल्क जग्गा प्रदान गर्ने दाताहरुलाइ सम्मान गरिएको छ। खेल सम्पन्न गर्न मुख्य प्रायोजक राष्टि«य युवा संघ सूनपा वडा कमिटी ८ रहेको थियो । प्रतियोगिता सम्पन्न गर्न उधोगी, ब्यापारी, जनप्रतिनिधि, कर्मचारी, कृषक, मजदुर, सुरक्षा निकाय संघ संस्था, फुटबल क्लब, खेलाडीको पनि सहयोग रहेको थियो ।