Local Sandesh शुक्रबार, कार्तिक २१ २०८३
  • ट्रेण्डिङ :

इलाममा पेट्रोलियम पदार्थको अभाव

इलाममा पेट्रोलियम पदार्थको अभाव

  • सन्देश सम्वाददाता
  • सोमबार, असोज २१ २०८१


इलाममा पेट्रोलियम पदार्थको अभाव

 

इलाम । झापाबाट ताप्लेजुङसम्म जोड्ने मेची राजमार्ग इलामको माई खोलामाथिको खण्डमा अवरुद्ध भएपछि इलाममा पेट्रोलियम पदार्थको अभाव सुरु भएको छ । इलामको जिरो छेउमा रहेको पेट्रोल पम्प र विल्याँटेस्थित पेट्रोलपम्प हिजोदेखि सवारी साधनलाई तेल दिन छोडेका छन् ।

मोटरसाइकल तथा साना सवारीमा प्रयोग हुने पेट्रोल दुई दिन यता सक्किएको र डिजेल पनि नभएको पेट्रोलपम्प सञ्चालकले जनाएका छन् । आजसम्म जसोतसो गाडी सञ्चालन भए पनि आज बेलुकासम्ममा वैकल्पिक उपाय नभए पेट्रोलियम पदार्थको पूर्ण अभाव हुने इलामस्थित पूर्वेली जिप तथा ट्याक्सी व्यवसायी प्रालिका कार्यालय सचिव सुमन काफ्लेले बताए

। तेल अभाव हुँदा गाउँ जाने सवारीलाई समस्या हुन थालेको छ ।
‘झापा, फिक्कल हुँदैआउने सवारीले उतैबाट तेल भरेर आउँछन्, तर माइखोला वारी नै सञ्चालन हुने सवारीलाई भने समस्या छ’

काफ्लेले भने, ‘सिमल गोलाइको बाटो खुल्यो भने केही सहज होला नत्र बिरामी बोकेर हिँड्ने सवारीलाई समेत तल नहुँदा अप्ठ्यारो छ ।’

प्रतिक्रिया
सम्बन्धित समाचार