Local Sandesh शुक्रबार, कार्तिक २१ २०८३
  • ट्रेण्डिङ :

मर्मत गर्दागर्दै पहिरो गएपछि मेची राजमार्ग अवरुद्ध

मर्मत गर्दागर्दै पहिरो गएपछि मेची राजमार्ग अवरुद्ध

  • सन्देश सम्बाददाता
  • शुक्रबार, असोज १८ २०८१


मर्मत गर्दागर्दै पहिरो गएपछि मेची राजमार्ग अवरुद्ध

इलाम : मेची राजमार्गअन्तर्गत इलामको माईखोलामाथिको खण्डमा पहिरो गएपछि राजमार्गमा यातायात ठप्प भएको छ। आज दिउँसो सडक मर्मत गरिरहेका वेला माथिबाट पहिरो खसेपछि राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएको हो।

राजमार्ग अवरुद्ध भएपछि झापादेखि इलाम, पाँचथर र ताप्लेजुङ आवतजावत गर्ने सवारीसाधन बीचमै अड्किएका छन्। पहिरो खसेपछि आज यातायात सञ्चालन गर्न नसकिने अवस्था आएको सडक डिभिजन कार्यालय इलामका इन्जिनियर मनीषा कट्टेलले बताइन्।

वर्षौदेखि पहिरो गइरहेको यो सडकखण्डमा यस पटकको वर्षाका कारण समस्या अझै बढेको छ। पछिल्लो समय साना सवारीसाधन मात्र सञ्चालन गर्न दिइएको थियो।
सडक मर्मत शुरु भएपछि यातायातका साधन रोकिएका छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार