रोङ : नेकपा एमाले रोङको दोश्रो अधिबेशन खड्ग आले मगरको अध्यक्षतामा ३५ सदस्यीय गाउँ कमिटि चयन गर्दै सम्पन्न भएको छ । अधिबेशनले उपाध्यक्षमा सत्यम राई चौरासे, सचिबमा दुर्गा अधिकारी र सहसचिब द्वयमा सिता न्यौपाने र पुरन राई चयन गरेको छ ।
बिहिबार रोङ–३ को कुटिडाँडामा सम्पन्न अधिबेशनले पार्टीको आर्थिक र राजनितिक तथा सांगठनिक प्रतिबेदन पारित गरेको नेकपा एमालेका निबर्तमान सचिब बिरबहादुर लाप्चाले बताए । अधिबेशनमा प्रस्तुत गरिएको प्रतिबेदनमा रोङको बिकासको लागि कृषि उत्पादन र बजारीकरणमा जोड दिनु पर्ने उल्लेख गरिएको छ ।
प्रतिबेदनमा कृषकको जीवन स्तर सुधार्न कृषि तथा पशुपालन क्षेधमा आधुनिकीकरण गरी बिउ बिजन मलखाद सहजै ब्यवस्था गरी उचित बजार ब्यवस्थापन हुनु पर्ने उल्लेख गरिएको छ । प्रतिबेदनले आगामी निर्बाचनहरुपमा नेकपा एमालेलाई रोङको पहिलो पार्टीको रुपमा बिकास गर्न क्षमतावान प्रतिनिधि निर्माणमा जोड दिने नीति नेकपा एमालेको रहेको उल्लेख गरिएको छ ।
अधिबेशनमा इलाम निर्बाचन क्षेत्र नम्बर १ का सासद महेश बस्नेत लगायत एमालेका नेता तथा कार्याकर्ताहरुको उपस्थिति रहेको थियो । यसैबिच नवनिर्वाचित अध्यक्ष खडग आले मगरले अधिबेशनलाई सफलतापूर्वक सम्पन्न गर्न सटिने सबैलाई धन्यबाद दिनु भएको छ । अध्यक्ष आले मगरले अव पार्टीलाइ थप सक्रिय गराउने प्रतिवद्धता व्यक्त गरे ।