Local Sandesh शनिबार, असोज ३ २०८३
  • ट्रेण्डिङ :

रोलिङ कपमा इलामको रेडहर्स सहित ८ टिम सहभागी हुने

रोलिङ कपमा इलामको रेडहर्स सहित ८ टिम सहभागी हुने

  • सन्देश सम्वाददाता
  • बिहिबार, असोज १७ २०८१


रोलिङ कपमा इलामको रेडहर्स सहित ८ टिम सहभागी हुने

धुलाबारी । झापाको धुलाबारीमा संचालन हुने ८ औ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण रोलिङ च्यालेञ्ज कप फुटबल प्रतियोगिताको सहभागी टिम सार्वजनिक गरिएको छ । आयोजक रोलिङ क्लबले बिहीबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा सहभागी टिमको बारेमा जानकारी गराएको हो । कात्तिक ३ गतेदेखि १० गतेसम्म धुलाबारी उच्च माविको खेलमैदानमा हुने प्रतियोगितामा भारतीय २ टिमसहित ८ सहभागी हुने छन् ।

प्रतियोगिताको तयारी ६० प्रतिशत पूरा भएको क्लबका महासचिव महेश खड्काले जानकारी दिए । प्रतियोगितामा भारतको मानेभञ्ज्याङ एफसी र सुकुना युनाइटेड एफसी सहभागी हुनेछन् । यसैगरी, विभागीय टोली एपीएफ पकली, नेपाल पुलिस क्लब विराटनगर, रेडहर्स एफसी इलाम, राष्ट्रिय जागृति क्लब सुनसरी, सम्राट स्पोर्टिङ क्लब मोरङ र आयोजक रोलिङ क्लब धुलाबारी रहेका छन् ।

प्रतियोगिता सम्पन्न गर्न करिब ३६ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको आयोजकले जनाएको छ ।  प्रतियोगिताको विजेताले नगद ३ लाखसहित आकर्षक ट्फी पाउँदा उपविजेताले नगद १ लाख ५० हजार पाउनेछ । खेलको प्लेयर अफ दी म्याचलाई वुटवलर डटकमको तर्फबाट नगद ५ हजार प्रदान गरिने छ भने विधागत पुरस्कार १५ हजार प्रदान गरिने भएको छ ।

क्लबका उपाध्यक्ष इन्द्र आङदेम्बेले ५३ वर्षअघि स्थापना भएको क्लबको आफ्नै कार्यालय भवन बनाउने प्रयासमा रहेको बताए । जसका लागि एन्फा अध्यक्ष पंकजविक्रम नेम्बाङबाट १० धुर जग्गा प्रदान गर्ने बचन पाइसकेको उनको भनाइ छ । यसैगरी, प्रतियोगिताबाट बचत रहेको रकमले फुटबल खेलको विकासका लागि स्थानीय स्तरमा ग्रास रुट फुटबल प्रशिक्षण गर्ने क्लबको उद्देश्य रहेको क्लबका अध्यक्ष नोभेम्बर नेम्बाङले जानकारी दिए ।

पत्रकार सम्मेलनमा झापा जिल्ला फुटबल संघका उपाध्यक्ष मनेष दाहाल, महासचिव सुन्दर बस्नेतलगायतले आफ्ना भनाइ राखेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार