Local Sandesh शुक्रबार, कार्तिक २१ २०८३
  • ट्रेण्डिङ :

टोल बिकास संस्थाले कुटिडाँडा सफा बनाउदै

टोल बिकास संस्थाले कुटिडाँडा सफा बनाउदै

  • सन्देश सम्वाददाता
  • बिहिबार, असोज १७ २०८१


टोल बिकास संस्थाले कुटिडाँडा सफा बनाउदै

रोङ : टोलको सरसफाइ र ब्यवस्थापनमा जुटेको कुटिडाँडा टोल बिकास संस्थाले इलामको कुटिडाँडामा सरसफाइ गरेको छ । हप्तामा एक दिन सरसफाइ कार्य गर्दै आएको कुटिडाँडा टोलबिकास सस्थाले कुटिडाँडा बजार क्षेत्रको झार तथा अन्य फोहोर सरसफाइ गर्ने गर्दछ । टोल बिकास संस्थाले सडक बिद्युत र संस्कृति जगेर्नालाई बिशेष जोड दिएर कार्यक्रम गरिरहेको छ ।

८९ घर सदस्य रहेको यस टोलमा ढल ब्यवस्थापन मुख्य चुनौती रहेको टोलबिकास सस्थाका अध्यक्ष मिलन भुजेलले बताए । दिगो समस्या समाधानको लागि योजना बनाएर बजेट ब्यवस्थापन भए ढलको समस्या समाधान हुने अध्यक्ष भुजेल बताउँछन् । यो संगै अब्यवस्थित पशुपालन घर घर सम्म पुग्ने बाटो निर्माणमा पनि चुनौती रहेको आगामी बर्ष सम्ममा समाधानको उपाय खोजि गरिने अध्यक्ष भुजेल बताउछन् ।

यस अधि साधारण सभाको अवसरमा टोलबिकास सस्था भित्रका ११ जना एकल महिलाहरुलाई सम्मान गरिएको थियो । टोलबिकास संस्थाले कुटिडाँडा क्षेत्र सरसफाइ गर्न सुरु गरेपछि बजार क्षेत्र सफा हुनको साथै सुन्दर र चिटिक्क देखिन थालेको छ । यसै बिच गाउँपालिका भरीमा ५७ वटा टोलबिकास सस्था गठन गर्ने क्रममा रहेको रोङ गाउँपालिका अध्यक्ष मणिकुमार स्याङबोले बताए ।

एक घर बाट महिनामा एक जना श्रम मा जानुपर्ने अनुसारको कार्यबिधी बनाएर लागु गर्ने पनि अध्यक्ष स्याङबोले बताए । रोङ गाउपालिकामा साबिकको ४ वटा गाउँ बिकास समिति समेटिएपछि हाल ६ वटा वडा कायम रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार