Local Sandesh शुक्रबार, कार्तिक २१ २०८३
  • ट्रेण्डिङ :

इलाममा बालिका बलात्कार मुद्दामा १२ र ८ वर्ष कैद

इलाममा बालिका बलात्कार मुद्दामा १२ र ८ वर्ष कैद

  • सन्देश सम्वाददाता
  • बिहिबार, असोज १७ २०८१


इलाममा बालिका बलात्कार मुद्दामा १२ र ८ वर्ष कैद

इलाम– इलाम जिल्ला अदालतले बालिका बलात्कारका दुई दोषीलाई १२ र आठ वर्षको कैद सजाय सुनाएको छ । जिल्ला न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासले माई नगरपालिकाका ३२ वर्षे दुर्गाबहादुर भट्टराईलाई १२ र वर्ष कैद र पाँच लाख रुपैयाँ जरिमाना फैसला गरेको हो । १६ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा थुनामा रहेका भट्टराईलाई दुई लाख रुपैयाँ पीडितका लागि भराउनुपर्ने पनि फैसलामा उल्लेख छ ।

गएको असार १६ गते ती बालिकालाई बलात्कार गरेको आरोपमा भट्टराईलाई प्रहरीले पक्राउ गरेको थियो । यस्तै, सूर्योदय नगरपालिकाका ५३ वर्षे धनमान भनिने मोहन राईलाई बालिकामाथि जबर्जस्ती करणी गरेकामा दोषी ठहर भएपछि आठ वर्ष कैद सजाय सुनाइएको छ । गत पुस ९ मा कक्षा ४ मा अध्ययनरत बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा उनी पक्राउ परी थुनामा थिए ।

राईलाई कैदसहित तीन लाख रुपैयाँ जरिमाना र पीडितका नाममा दुई लाख रुपैयाँ भराउन भनिएको अदालतले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार