सन्दकपुर । इलामको पर्यटकीय गाउँपालिका सन्दकपुरमा तीन दिनको वर्षात र बाढी पहिरोले विद्युतका पोल र ट्रान्सफर्मरमा क्षति पुर्याएको छ । जसका कारण विद्युत सेवा अवरुद्ध रहेको छ । बर्षाका कारण पहिरोले दर्जनौं पोल तथा ट्रान्सफर्मरमा क्षति पुर्याएकाले सन्दकपुर गाउँपालिका अन्तर्गत वडा नं २ का केहि क्षेत्र बाहेक सम्पुर्ण क्षेत्र र वडा नं ४ का केही क्षेत्रहरुमा बिद्युत लाइन अबरुद्ध भएको विद्युत प्राविधिक दुर्गा पाठकले बताए ।
वर्षातपछिको बाढी पहिरोले सन्दकपुर २ स्थित टोड्केमा विद्युतको ट्रान्सफर्मरमा क्षति पुगेको हो । त्यसैगरी ११ मिटरका १७ थान विद्युतका पोलहरु ढलेका छन् भने २ थान बगाएको छ । त्यसैगरी प्रशारण लाइनका ८ मिटरका विद्युतका पोलहरु १६ वटा ढलेको र ३ वटा बगाएको छ ।