Local Sandesh शनिबार, कार्तिक २२ २०८३
  • ट्रेण्डिङ :

बिश्व पर्यटन दिवसमा कन्याममा फूलका बिरुवा रोपण

बिश्व पर्यटन दिवसमा कन्याममा फूलका बिरुवा रोपण

  • सन्देश सम्वाददाता
  • शुक्रबार, असोज ११ २०८१


बिश्व पर्यटन दिवसमा कन्याममा फूलका बिरुवा रोपण

फिक्कलः बिश्व पर्यटन दिवसको अवसरमा इलामको सूर्योदय नगरपालिकाको पर्यटकीय स्थल कन्याममा फुल रोपिएको छ । सूर्योदय नगरपालिकाले कन्यामको सडक किनारमा बिश्व पर्यटन दिवस २०२४ को अवसरमा फूल सहितका गमला राखेको हो । नगरले दिवसको अवसरमा कन्याम क्षेत्रमा सरसफाई गरी सडक किनारमा सयपत्री, एन्जेलीया र धुपी रोपेको छ ।

कन्याम क्षेत्रका सडक किनासरमा ६५ वटा गमलामा फुलका बिरुवा रोपेर सडक किनारमा राखिएको सूर्योदय नगरपालिकाको बन बातावरण तथा बिपत ब्यवस्थापन शाखाका प्रमुख इश्वरी अधिकारीले जानकारी दिए । बाह्र महिना स्वदेशी पर्यटकको घुइचो लाग्ने कम्यामलाई थप सुन्दर बनाउनका लागि फुल रोप्ने काम गरिएको नगर प्रमुख रण बहादुर राईले जानकारी दिए ।

‘कन्याममा पर्यटकका लागि बिभिन्न पूर्वाधार निर्माण सगै यसको सजावटमा पनि नगरले ध्यान दिएको छ ’ नगर प्रमुख राईले भने कन्याममा पर्यटक चियाबारी घुम्न, घोडचढी गर्न र बनभोजका लागि आउने गरेका छन । सूर्योदय नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मिलन भट्टराईले पर्यटकको चाप बढे संगै कन्याको थप आकर्षण गर्ने काम भैरहेको जानकारी दिए ।

नगरले कन्यामको ब्युटिफीकेसन गरेपछि बार्षिक रुपमा कन्यामबाट २५ लाख बढी आम्दानी गर्दै आएको प्रशासकीय अधिकृत भट्टराईले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार