इलाम– इलामको माई नगरपालिकामा खोलाले बगाएर एकजनाको मृत्यु भएको छ । माई नगरपालिका–८ स्थित चेपेखोलाले बगाउँदा स्थानीय ६८ वर्षे मैतबहादुर लिम्बूको मृत्यु भएको हो । दिउँसो खोलाले बगाएर गम्भीर घाइते उनको उपचारक्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । उनलाई खोलाले करिब ७० मिटर तलसम्म बगाएको थियो ।