Local Sandesh शनिबार, कार्तिक २२ २०८३
  • ट्रेण्डिङ :

राजदुवाली–गोलाखर्क खण्डमा राति १० बजे देखि सवारी चल्न रोक लगाइने

राजदुवाली–गोलाखर्क खण्डमा राति १० बजे देखि सवारी चल्न रोक लगाइने

  • सन्देश सम्वाददाता
  • शुक्रबार, असोज ११ २०८१


राजदुवाली–गोलाखर्क खण्डमा राति १० बजे देखि सवारी चल्न रोक लगाइने

इलाम– वर्षाको जोखिम बढेपछि मेची राजमार्गअन्तर्गत इलामको माइखोला (राजदुवाली)  देखि गोलाखर्कसम्मको खण्डमा आज रातिदेखि बिहानसम्म सवारी चलाउन रोक लगाइने भएको छ । जिल्ला प्रहरी कार्यालयले राति १० बजेदेखि बिहान ३ बजेसम्म यो खण्डमा सवारीका साधन रोक लगाउने जिल्ला प्रहरी प्रमुख एसपी प्रभुप्रसाद ढकालले जानकारी दिए ।

एसपी ढकालका अनुसार राति १० बजेसम्म यहाँ आइपुगेका सवारी साधन पास हुने तर त्यसपछि बिहान ३ बजेसम्म नचलाइने भएको हो । पाँचथरपट्टिको राँके र झापापट्टिको जोरकलशमै सवारीका साधनलाई यसबारे सूचना दिने संयन्त्र राखिएको उनले जनाए । ‘अहिले नै बाटो बन्द भइसकेको होइन तर जोखिम बढ्दैगएकाले राति थप क्षति नहोस् भन्नका लागि सवारी साधन बन्द गरिने भएको हो,’ उनले भने, ‘कुनै ठूलै आपत आइलागेर यहाँबाट आउ–जाउ गर्नुपर्ने भए प्रहरीसँग समन्वय गर्नुहुन सबैमा अनुरोध पनि छ ।’ इलामसहित पूर्वका जिल्लामा बुधबार बिहानैदेखि निरन्तर वर्षा भइरहेको छ ।

राजदुवालीमास्तिरको मेची राजमार्ग खण्डमा निरन्तर वर्षाका कारण सडक भास्सिएर जोखिम बढेको बढ्यै छ । यो राजमार्गमा बर्खा लाग्नेबित्तिकैदेखि सडक पार गर्न जटिल हुँदा सवारीका साधनले सास्ती खेपिरहेका छन् । यहाँको जमिन नै बगिरहेकाले राजमार्ग बलियो बन्न नसकेको सडक डिभिजनले बताउने गरेको छ ।

यहाँको वैकल्पिक राजमार्गका लागि संघीय सरकारले एक करोड रुपैयाँ विनियोजन गरेपनि अहिलेसम्म काम अघि बढ्न भने सकेको छैन । पालिका पेजबाट

प्रतिक्रिया
सम्बन्धित समाचार