इलाम । नेपाल रग्बी संघ इलामको दोस्रो जिल्ला अधिबेशनबाट पुनः अध्यक्षमा गंगा फियाक (बिजु) निर्वाचित भएका छन् । अधिवेशनले फियाकको नेतृत्वमा ७ सदस्यीय कार्य समिति निर्वाचित गरेको हो । समितिको उपाध्यक्षमा कमल दुलाल, सचिवमा मदन लोक्ताम र कोषाध्यक्षमा मनिसा दुलाल निर्वाचित भएका छन् ।
सदस्यहरुमा संगीता लिम्बू, निरोज पाठक र निसाम फियाक निर्वाचित भएका छन् । फियाक नेपाल रग्बी टिम कोशी प्रदेशका टिम मेनेजर समेत रहेका छन । रग्बी खेल खेलाडीहरुको लागि नयाँ अवसर रहेको र यो छोटो समयमा अन्तरास्ट्रिय स्तरको खेलाडी उत्पादन गर्न सफल रहेको जिल्ला अध्यक्ष फियाक बताउँछन् ।
“रग्बी खेल खेलाडीहरुको निम्ति नयाँ अवसर को रुपमा आएको छ छोटो समयमा रास्ट्रिय तथा अन्तरास्ट्रिय खेलाडी उत्पादन गर्न सफल भएका छौ इलाम जिल्लाको हकमा जम्मा दुई पालिका मा मात्र सिमित छन रग्बी बाँकी अझै ८ वटा पालिका मा रग्बी लाई पुर्याउनु छ सबै पालिका /स्कुल हरुमा उतिकै रग्बी को माग भएको छ । “