Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

नेकपा एमाले इलाम नगर नेतृत्वमा ४ जना आकांक्षी

नेकपा एमाले इलाम नगर नेतृत्वमा ४ जना आकांक्षी

  • सन्देश सम्वाददाता
  • बुधबार, असोज ९ २०८१


नेकपा एमाले इलाम नगर नेतृत्वमा ४ जना आकांक्षी

इलाम । नेकपा एमाले इलाम नगरपालिकाको नेतृत्वका लागि ४ जना आकांक्षी रहेका छन् । एमालेको नेतृत्वका लागि छवि श्रेष्ठ, तिलक ठकुरी, दिपेन्द्र चापागाई र ठाकुर नारायण श्रेष्ठको नाम चर्चामा आएको हो । ठकुरी दोश्रो कार्याकालका लागि अध्यक्षको दाबेदारको रुपमा देखिएका हुन् । उनी यसअघि पहिलो अधिवेशनबाट अध्यक्षमा निर्वाचित भएका थिए ।

त्यसैगरी ठाकुर नारायण श्रेष्ठ यसअघि अधिवेशनबाट सचिव पदमा निर्वाचित भएका थिए । उनी पहिलो स्थानीय तहको निर्वाचनमा इलाम नगरपालिका–५ को वडाध्यक्षको रुपमा निर्वाचित भएका थिए । त्यसैगरी दिपेन्द्र चापगाई यसअघि पार्टीको उपाध्यक्षको रुपमा रहेका छन् । छवि श्रेष्ठ यसअघि १० औ जिल्ला अधिवेशनमा उपसचिवका लागि भिडेका थिए । अधिवेशनमा उनले २ सय ५३ मत पाउँदै पराजय भोगेका थिए ।

त्यसैगरी सचिवमा पहिलो अधिवेशनबाट निर्वाचित उपसचिव नारद लम्साल र चित्रमाया गुरुङसंगै गायत्री थेगिम र प्रकाश घिमिरेको चर्चा रहेको छ । इलाम नगरको दोश्रो अधिवेशन आगामी असोज ११ गते हुँदैछ ।
.

प्रतिक्रिया
सम्बन्धित समाचार