Local Sandesh मंगलबार, साउन १२ २०८३
  • ट्रेण्डिङ :

सूर्योदयको बजार अनुगमनमा ७८ हजारको म्याद गुज्रिएको सामान बरामद

सूर्योदयको बजार अनुगमनमा ७८ हजारको म्याद गुज्रिएको सामान बरामद

  • सन्देश सम्वाददाता
  • बुधबार, असोज ९ २०८१


सूर्योदयको बजार अनुगमनमा ७८ हजारको म्याद गुज्रिएको सामान बरामद

फिक्कल । इलामको सूर्योदय नगरपालिकाको बजार अनुगमन समितिले चाडपर्व लक्षित बजार अनुगमनका क्रममा ७७ हजार मुल्य बराबरको म्याद गुज्रिएको सामाग्री बरामद गरेको छ । नगरले पहिलो दिन ११ वटा पसल अनुगमन गर्दा सात बटा पसलमा म्याद गुज्रेका सामान भेटिएको अनुगमन अधिकृत नविन ढकालले जानकारी दिए । उनका अनुसार सो सामाग्री ३१ हजार ८१७ रुपैया बराबरका थियो ।

त्यसैगरी दोश्रो दिन ११ वटा पसल अनुगमन गर्दा ५ वटा पसलमा ४६ हजार ६७५ रूपयाँ बराबरको म्याद गुज्रिएको सामान बरामद गरेको छ । अनुगमन समितिले खाद्यान्न देखि बालबालिकाले सेवन गर्ने मिठाइँ समेत म्याद गुज्रिएको अवस्थामा फेला पारेको हो । समितिले आइतबार देखि अनुगमन शुरू गरेको हो ।

समितिका निरिक्षण अधिकृत नविन ढकालको नेतृत्वमा फिक्कल बजार क्षेत्रमा गरिएको अनुगमनका क्रममा म्याद गुज्रेका समान भटिए पनि गत बर्षको तुलनामा त्यस्ता सामग्री कम भेटिएको ढकालले बताए । अनुगमन नेपाल प्रहरी, नगर प्रहरी, उद्योग वाणिज्य संघका प्रतिनिधि सहभागी थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार