फिक्कल । इलामको सूर्योदय नगरपालिका–१० ले चालु आर्थिक बर्षको भाद्र महिनामा ८ लाख ५४ हजार भन्दा बढि राजस्व संकलन गरेको । वडाले १ महिनाको अवधिमा ८ लाख ५४ हजार ४३ रुपैया ९० पैसा राजस्व संकलन गरेको हो । जुन गत बर्षको भाद्र महिनाको भन्दा २ लाख १९ हजार ७ सय १६ रुपैयाले बढि हो ।
गत आर्थिक बर्षमा ६ लाख ३४ हजार ३ सय २७ रुपैया वडाले संकलन गरेको थियो । कार्यालयले १ महिनाको अवधिमा सम्पादन गरेको कार्यको विवरण समेत सार्वजनिक गरेको छ । कार्यालयमा विभिन्न प्रयोजनको लागि कार्यालयमा ७० निवेदन दर्ता भएका छन् । कार्यालयबाट १ सय २४ वटा सिफारिस प्रदान भएको जनाइएको छ । त्यसैगरी ८ वटा नयाँ व्यवसाय दर्ता भएका छन् ।
४६ वटा व्यवसायिक फर्म र व्यवसायीले दर्ता नविकरण गरेको कार्यालयले सार्वजनिक गरेको विवरणमा उल्लेख छ । वडामा नयाँ अटो व्यवसाय एउटा र २ वटा नविकरण भएका छन् । भुमि तथा सम्पती कर २ सय ३ जनाले बुझाएका छन् । व्यक्तिगत घटना दर्ता १० वटा भएका छन् ।