Local Sandesh शनिबार, कार्तिक २२ २०८३
  • ट्रेण्डिङ :

बडादशैँमा इलामको पाथीभरामा भण्डारा हुने

बडादशैँमा इलामको पाथीभरामा भण्डारा हुने

  • सन्देश सम्बाददाता
  • बुधबार, असोज ९ २०८१


बडादशैँमा इलामको पाथीभरामा भण्डारा हुने

रोङ (कुटिडाँडा) । इलामको पाथीभरा मन्दिरमा झापाका ब्यवसायीहरूबाट भण्डारा हुने भएको छ । दशैको सन्दर्भ पारेर झापाका ब्यपारीहरुको समुह पाथीभरा भण्डरा समिति बिर्तामोडले प्रसाद बितरण कार्यक्रम आयोजना गर्न लागेको हो । यो १९ औ पटकको भण्डारा हो ।

हरेक बर्ष असोज शुक्ल पक्ष र चैत्र शुक्ल पक्ष मा यो भण्डारा आयोजना हुदै आएको भण्डारा यस बर्ष आगामी असोज १९ गते शनिबारको दिन मन्दिर परिसरमा हुने आयोजक समितिका सदस्य सन्तोष अग्रवालले बताए । ब्यापरी समुहले आम्दानीको केही हिस्सा संकलन गरेर सामाजिक क्षेत्रमा लगाउने गरेको छ ।

बिगत ९ बर्ष अघि बाट लगातार सञ्चालन हुदै आएको यो कार्यक्रम कोरोनाको कारण कोरनाकालमा भने सामान्य रुपमा प्रसाद मात्र बितरण गरेर आयोजना गरिएको सदस्य अग्रवालले बताए। आयोजकले यस अघि पाथीभरा मन्दिर भएको अग्लो डाँडामा स्वस्थ्य खानेपानीको ब्यवस्था मिलाएको जनाइएको छ ।

यसलाइ निरन्तरता दिने आयोजक समितिका सदस्य अग्रवालले बताए । पाथीभरा मन्दिरमा पानी पुर्याउने कार्यको सिलसिलामा झापाका उद्यागी ब्यपारीहरुले सहयोग गरेका थिए । कुटिडाँडा स्थीत मार्से खोला मुहान बाट बिद्युतीय मोटरको सहायतामा मन्दिर क्षेत्रमा पानी पुर्याइएको थियो । त्यस क्रममा पाथीभरा भण्डरा समुहले सहयोग गरेको पाथीभरा समितिका सचिब एगा अर्यालले बताए ।

मन्दिरको थप जिर्णेदार गर्नुपर्ने आवश्यकता रहेकाले सबै सग राय सुझाब सल्लाह र सहयोग माग गर्ने की भन्ने बिषयमा पाथीभरा समितिको बैठकमा छलफल हुदै गरेको पनि सचिब अर्यालले बताए । यसैबीच मन्दिर परिसरको केहि क्षेत्रमा टायल लगाउने तथा रङरोगनमा थप सहयोग गर्ने भण्डरा समितिका सदस्य अग्रवालले जानकारी गराए ।

प्रतिक्रिया
सम्बन्धित समाचार