Local Sandesh शनिबार, असोज ३ २०८३
  • ट्रेण्डिङ :

वालिङको पोष्टमा आर्मीको ८ गोल

वालिङको पोष्टमा आर्मीको ८ गोल

  • सन्देश सम्वाददाता
  • मंगलबार, असोज ८ २०८१


वालिङको पोष्टमा आर्मीको ८ गोल

इलाम । एन्फा महिला लिगमा विभागीय टोली त्रिभुवन आर्मीले फराकिलो जित हासिल गरेको छ । आफ्नो ८ औ खेलमा आर्मीले वालिङ नगरपालिकालाई ८–० गोल अन्तरको फराकिलो जित हासिल गरेको हो । प्रतियोगितामा वालिङको सवैभन्दा फराकिलो हार हो । यसअघि उद्धघाटन खेलमा कोशीले वालिङलाई ४–० ले हराएको थियो । वालिङ विरुद्ध आर्मीका ३ जना खेलाडीले गोल गरे ।

एक गोल आर्मीले उपहार पाएको थियो । पहिलो हाफमा ३–० गोल अन्तरको अग्रता बनाएको आर्मीले दोश्रो हाफमा थप ५ गोल गर्न सफल रहयो । आर्मीका लागि ३९ औ मिनेटमा बिमला बिकले सुरुवाती अग्रता दिलाइन् । ४२ औ मिनेटमा चन्द्र भण्डारीले अग्रता दोब्बर बनाइन् । ४४ औ मिनेटमा वालिङकी फतुमा नाक्सुम्बाले आत्मघाती गोल गरेपछि आर्मीले पहिलो हाफमा ३–० को अग्रता बनाउन सफल रहयो ।

५४ औ मिनेटमा चन्द्राले व्यक्तिगत दोश्रो गोल गरिन् । ६१ औ मिनेटमा अमिशा कार्कीले आर्मीलाई लागि ५ औ गोल गरिन् । ७१ औ मिनेटमा उनले दोश्रो गोल गरिन् । ७३ औ मिनेटमा चन्द्राले ह्रयाट्रिक पुरा गरिन् । ८ खेलमा ७ गोल गरेकी उनी शिर्ष गोलकर्ताको चौथो स्थानमा छिन् । ९० औ मिनेटमा बिमलाले व्यक्तिगत दोश्रो गोल गरेपछि आर्मी ८–० को फराकिलो अन्तरले जित हासिल गरेको हो ।

प्लेयर अफ दि म्याच ह्रयाट्रिक गरेकी चन्द्रा घोषित भइन् । जितसंगै ८ खेलबाट १९ अंकको साथ दोश्रो स्थानमा कायम छ । उसलाई ७ खेलबाट १५ अंक जोडेको नेपाल पुलिसले पछयाइरहेको छ । लिगको शिर्ष स्थानमा ८ खेलबाट २२ अंक जोडेको एपिएफ छ । आज नै संकटा र बागमती भिड्दैछन् । शिर्ष ५ होडमा प्रवेशका लागि दुवै टिमका लागि जित महत्वपुर्ण छ ।

आजको खेलमा छैटौ स्थानको संकटाले जित हासिल गरे कोशीलाई गोल अन्तरले पछि पार्दै ५ औ स्थानमा उक्लनेछ । ८ औ स्थानको बागमतीले जित हासिल गरेको खण्डमा संकटालाई पछि पार्दै छैटौ स्थानमा उक्लने छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार