Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

प्राज्ञिक विद्यार्थी परिषद् द्धारा आदर्श माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण

प्राज्ञिक विद्यार्थी परिषद् द्धारा आदर्श माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण

  • सन्देश सम्वाददाता
  • आइतबार, असोज ६ २०८१


प्राज्ञिक विद्यार्थी परिषद् द्धारा आदर्श माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण

इलाम : प्राज्ञिक विद्यार्थी परिषद् नेपालले इलामको श्री आदर्श माध्यमिक विद्यालयमा अध्ययनरत ६ सय बढि विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरेको छ । आइतबार परिषद्ले विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेको हो । विद्यार्थी परिषदले नेपाल एक कार्यक्रम गरी कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरूलाई शैक्षिक सामग्री झोला (१५० थान) , कापी, कलम लगायतका सामाग्री बितरण गरेको हो ।

यस्तै विद्यालयको पुस्तकालयका लागि समेत परिषदले नेपाली अङ्ग्रेजी सिकाई पुस्तक,बृहत नेपाली श्ब्दकोष लगायतका पुस्तक सहयोग गरेको विद्यालयका प्रधानाध्यापक कुमार पौडेलले जानकारी दिए । विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष खडानन्द अधिकारीको अध्यक्षतामा भएको शैक्षिक सामाग्री वितरण कार्यक्रममा प्रमुख अतिथि इलाम नगरपालिकाका प्रमुख रहनुभएको थियो ।

प्रमुख अतिथि थापाले यसरी जेहन्दार गरिब, बिपन्न वर्ग तथा प्राज्ञिक परिषदका सदस्य विद्यार्थीहरू लाई पढन सहयोग पुर्याउने उदेश्यका साथ संस्थाको माध्यामबाट विद्यार्थीहरूलाई शैक्षिक सामाग्री वितरण गरेको भन्दै खुसि व्यक्त गरे ।यस्तै उनले शैक्षिक क्षेत्रलाई राजनीतितन्त्र मुक्त क्षेत्र बनाई शिक्षाको गुणस्तर वृद्धि गर्दै शैक्षिक र सामाजिक गतिविधिमा अगाडि बढ्ने प्रेरणा प्राज्ञिक बिद्यार्थी परिषद बाट मिल्ने बताए ।

यस्तै कार्यक्रममा बोल्दै विद्यालयका प्रधानाध्यापक कुमार पौडेलले विधार्थीहरुका लागी सहयोग गरेकोमा प्राज्ञिक विद्यार्थी परिषद् नेपाललाई धन्यबाद ज्ञापन गरे । शैक्षिक सामग्री वितरण कार्यक्रममा प्राज्ञिक विद्यार्थी परिषद विश्वविद्यालय कार्यक्रम प्रमुख क्षितराज न्यौपाने, इलाम नगर पालिका प्रमुख केदार थापा, इलाम नगरपालिका बडा न ७ का अध्यक्ष नरेश श्रेष्ठ, र विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष खडानन्द अधिकारी, विद्यालयका प्रअ कुमार पौडेल एवम् विद्यालयका शिक्षक कर्मचारी लगायतको उपस्थिति थियो ।

प्राज्ञिक विद्यार्थी परिषद्, नेपालले आफ्नो सेवाकार्य अन्तर्गत यस वर्ष इलाम सहित १६ जिल्लाका २५ सय २५ जना विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गर्ने कार्यक्रम राखेको छ ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार