Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

नेकपा एमाले सूर्योदय अध्यक्षमा पुनः दुर्गादेवी

नेकपा एमाले सूर्योदय अध्यक्षमा पुनः दुर्गादेवी

  • सन्देश सम्वाददाता
  • आइतबार, असोज ६ २०८१


नेकपा एमाले सूर्योदय अध्यक्षमा पुनः दुर्गादेवी

फिक्कल । नेकपा एमाले सूर्योदय नगर कमिटीको अध्यक्षमा पुनः दुर्गादेवी भट्टराई निर्वाचित भएकी छन् । शनिबार सम्पन्न दोश्रो नगर अधिवेशनबाट भट्टराईको नेतृत्वमा ६१ सदस्यीय नगर कमिटी गठन भएको हो । उपाध्यक्षमा डिक बम्जन रहेका छन् । सचिवमा पारस राईले निरन्तरता पाएका छन् । उपसचिवद्धयमा तुलसा खत्री र शरण फागो रहेका छन् ।

सदस्यहरुमा भुगोलबाट ४२ जना, युवाबाट ७ जना दलिबाट ३ जना ,लोपोन्मुख समुदायबाट १ जना रहेका छन् । उद्धघाटन सत्रमा पार्टीलाई योगदान गर्ने जेष्ठ नागरिक सम्मानित भएका छन् । सम्मानितहरुमा डम्बर उदास, पस्पत राई, पन्चा योन्जन, हर्कधन तामाङ, जुद्ध ब खत्री, ज्ञानिराम पोख्रेल, छत्र बहादुर राई, श्याम घिमिरे र सनत पराजुली रहेका छन् ।

त्यसैगरी हेम बहादुर फागो, नर बहादुर राई, डम्बर बहादुर राई ( मरोणाेप्रान्त), टिकाराम आचार्य, खड्ग ब राई, नर ब लाप्चा, पद्म माया कार्की, टीका भट्टराई, राधा देवी राई नन्दलाल परियार रहेका छन् । उनीहरुलाई वडा नं १० पार्टी कमिटि र राष्ट्रिय युवा संघले सम्मान गरेको नवनिर्वाचित उपसचिव शरण फागोले जानकारी दिए । अधिवेशनमा १८८ जना प्रतिनिधि सहभागी थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार