Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

इलाममा कांग्रेस केन्द्रीय सदस्य खतिवडाको उद्धघोष : देउवा अब सभापति उठ्नुहुन्न

इलाममा कांग्रेस केन्द्रीय सदस्य खतिवडाको उद्धघोष : देउवा अब सभापति उठ्नुहुन्न

  • सन्देश सम्वाददाता
  • शनिबार, असोज ५ २०८१


इलाममा कांग्रेस केन्द्रीय सदस्य खतिवडाको उद्धघोष : देउवा अब सभापति उठ्नुहुन्न

फिक्कल । नेपाली कांग्रेसका केन्द्रीय सदस्य रामहरी खतिवडाले आगामी महाधिवेशनमा नेतृत्व परिवर्तन हुने बताएका छन् । उनले १४ औ महाधिवेशनमा केन्द्रीय नेतृत्वमा शेरबहादुर देउवा पार्टी सभापति नहुने जिकिर गरे । नेपाली कांग्रेस सूर्योदय नगर समितिको दोश्रो नगर सम्मेलनमा बोल्दै खतिवडाले भने ‘महाधिवेशनमा शेरबहादुर देउवा सभापति उठ्नुहुन्न । उहाँ २ पटक भन्दा जानुुहुन्न् । अब नयाँ नेतृत्व आउँछ कांग्रेसमा नयाँ नेतृत्वले के गर्ने भनेर ८४ अघि नयाँ नेतृत्वले गर्छ । अहिले केन्द्रीय नेतृत्तले गठनबन्धन गरौ नगरौ भनिरहनुपर्ने छैन् स्थानीय आवश्यकताको आधारमा गठबन्धन गर्छ ।’

उनले कांग्रेसलाई हराउने अन्य शक्तिसंग तागत नभएपनि आफ्नैले हराउन लागेको बताए । उनले भने ‘एक पटकको हारजितले राजनीतिमा फरक पार्दैन् । कांग्रेस सिद्धान्त गलत छैन् । कांग्रेसको तागत देखाउनुपर्छ । राणा राजा हटायौ आफु भित्रका साथी चिन्न नसक्दा कांग्रेसले कांग्रेसलाई हराउने वातावरण । अब गुटका आधारमा हैन् जुटका आधार साथ अघि बढ्नुपर्छ ।’

उनले यहि बर्ष भित्रमा सवै भातृ संगठनको चुनाव गरेर चुस्त पार्टी बनाउने अभियानमा केन्द्रीय समिति लागेको बताए । उनले कांग्रेसको विधान भड्किलो भएकाले संसोधन गरेर स्थानीय देखि केन्द्रीय समितिसम्म चुस्त बनाउने बताए । ‘२०८१ सम्म सबै भातृको चुनाव गरेर नेतृत्व चुन्न निर्देशन दिइएको छ । अब फेसबुकबाट हैन कार्यकर्ताको बिचबाट सूरुवात गर्छौ । स्थानीय तहबाटै गर्छ ।’

उनले भने ‘हाम्रो विधान भड्किलो भएको छ । स्थानीय वडाबाट आएका प्रदेश र क्षेत्रीय अधिवेशन, जिल्ला अधिवेशनमा तानेर ल्याएर बसाउनुपर्ने अवस्था छ । विधान संसोधन गर्नुपर्छ वडाबाट आएका पालिका आउने, पालिकाबाट आएकाले जिल्लामा गएर भोट हाल्ने पद्धतीले अलि छरितो समिति बनाउन संसोधनको प्रस्ताव अघि बढेको छ ।’

उनले १ सयबाट सुरु भएको वृद्धभता जेष्ठ नागरिक सम्मानको रुपमा ४ हजार पुगेको उल्लेख गर्दै दशैको बेला १२ महिना दिने भत्तालाई १ महिना नयाँ नोट दिएर १३ महिना पार्ने हुँदा यसको सूरुवात कांग्रेसले गर्नुपर्ने बताए । उनले रवि लामिछाने र उनको संस्था गोर्खा मिडिया नेटवर्क कारवाहीको दायरामा आउने बताए । ‘गोर्खा मिडिया नेटर्वकका नाममा आए पैसाहरु ससुराको नाममा राखेर पछि सम्पती विवरणमा दाइजो दिएको भनेर देखाइएको छ । सहकारीको नाममा ठुलो भ्रष्टचार भएको छ । यस बिषयमा कारवाही गर्न मन्त्री परिषदले पठाएको छ ।’

नेपाली कांग्रेस सूर्योदय नगर कार्य समितिको सभापति जिवन नेपालको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय सदस्य खतिवडा प्रमुख अतिथि रहेका थिए । कार्यक्रममा पूर्व मन्त्री केशव थापा, नेपाली कांग्रेस जिल्ला सभापति डम्बर खड्का, पूर्व जिल्ला सभापति हिमालय कमचार्य, इलाम नगर सभापति तिर्थ गुरुङ, नेपाल महिला संघ जिल्ला सभापति भगवती कोइराला, रोङ गाउँपालिकाका अध्यक्ष मनिकुमार स्याङबो लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा नगर उपसभापति रमेश प्रधानले संचालन गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार