Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

नालायकहरू संविधान संशोधनको कुरा गर्दैछन् : घनश्याम भुसाल

नालायकहरू संविधान संशोधनको कुरा गर्दैछन् : घनश्याम भुसाल

  • सन्देश सम्वाददाता
  • शुक्रबार, असोज ४ २०८१


नालायकहरू संविधान संशोधनको कुरा गर्दैछन् : घनश्याम भुसाल

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले इतिहासका नालायकहरू मिलेर संविधान संशोधनको कुरा गरिरहेकाले उनीहरूको इच्छाबमोजिम संविधान संशोधन हुन नसक्ने बताएका छन् । शुक्रबार काठमाडौँमा आयोजित सन्देश सभामा बोल्दै महासचिव भुसालले संविधान संशोधनको कुरा गरेर सत्तारुढ दलले अन्यत्र ध्यान मोड्न खोजेको बताए ।

‘इतिहासले पटक पटक कठघरामा उभ्याइसकेकाहरूको इच्छामुताविनक संविधान संशोधन हुँदैन । हुन दिइँदैन’, भुसालले भने, ‘लोकतन्त्रमा राजनीतिक पार्टी राम्रो नभई कुनै व्यक्ति वा गुटले मुलुक बनाउँदैन ।’ भुसालले न्यायालय, नियम कानुन र मुलुकको अर्थतन्त्र दलाल पुँजीवादले कब्जा गरेको भन्दै त्यसबाट मुक्त गर्नुपर्ने बताए ।

सरकार र सत्तारुढ दलहरूले आजको मुलुकको सङ्कट समेत समाधान गर्न नसक्ने भुसालको दाबी छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार