इलाम । नेकपा एमाले निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियु ) महेन्द्र रत्न बहुमुखी क्याम्पस इलामको अध्यक्षमा बिष्णु खतिवडा निर्वाचित भएका छन् । २६ औ क्याम्पस सम्मेलनबाट खतिवडाको अध्यक्षतामा कमिटि गठन भएको हो । उपाध्यक्षमा रिमा गौतम र कविता बाँस्तोला, सचिव बिपन लिम्बु, सहसचिव बिष्णु दाहाल, सहसचिव दिल बहादुर लिम्बु, कोषाध्यक्षमा स्वस्तिका राई र कार्यालय सचिवमा बिना बस्नेत निर्वाचित भएका छन् ।
सदस्यहरुे मंगेश राई, धिरेन कोईराला, यामुना गुरुङ, शिला राई। सृष्टिका राई र प्रश्ना राना मगर रहेका छन् । अन्य सदस्यहरुमा कुन्तादेवी सापकोटा, गरिमा सुबेदी, रोशन कटुवाल, बन्दना श्रेष्ठ, आयुश ढुङगाना, प्रसंशा लिम्बु, विनिता लिम्बू, मोहन घिमिरे, स्वस्तिका राई र निसान्त राई रहेका छन् ।