सन्दकपुर । इलामको पर्यटकीय गाउँपालिका सन्दकपुरमा संविधान दिवसमा सम्मान कार्यक्रम सम्पन्न भएको छ । जमुना स्वास्थ्य चौकीमा कार्यरत भुपेन्द्र भट्टराई, वडा नम्बर ४ का सचिव द्धारिकधिस घिमिरे, पशुपक्षि विकास तथा सहकारी शाखाका विदेनिधि दुलाल, सरस्वती आधारभुत विद्यालय वडा नम्बर २ का प्रधानाध्यापक तोयानाथ दाहाल, शिक्षक पदम प्रसाद खतिवडा, भिम बहादुर राई र गमाईमझुवा स्वास्थ्य चौकीमा लामो समय कार्यरत भई अवकास पाएका भक्तमाया गुरुङ्गलाई सम्मान गरिएको हो ।
गाउँपालिका अध्यक्ष तुलाराम गुरुङ्गको अध्यक्षतामा भएको कार्यक्रममा सम्मानित व्यक्तिको तर्फबाट भुपेन्द्र भट्टराई, तोयानाथ दाहाल, द्धावारिकाधिस घिमिरे, गाउँपालिका उपाध्यक्ष हरि लुङ्गेली, वडा नम्बर २ का अध्यक्ष समन राईले मन्तव्य राखेका थिए । कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत यादव राउतले स्वागत मन्तव्य राखेका थिए । सम्मान कार्यक्रमको संचालन लेखा प्रमुख युवराज नेपालले गरेका थिए ।
संविधान दिवसको अवसरमा गाउँपालिकाले बुधबार देउराली बजार, सहिद भुमि सातखाल्डे र रामसार क्षेत्र माईपोखरी क्षेत्रमा सरसफाई गरिएको गाउँपालिका कर्मचारी रमेश भट्टराईले बताए । संविधान दिवसको अवसरमा प्रमुख प्रशासकिय कार्यालय, ५ वटै वडाहरुमा झन्डोत्तोलन र साँझमा दिपावली गरिएको थियो ।
