Local Sandesh शनिबार, कार्तिक २२ २०८३
  • ट्रेण्डिङ :

इलाम खेलकुद अध्यक्ष बाँस्तोला र गायक गुरुङ सम्मानित

इलाम खेलकुद अध्यक्ष बाँस्तोला र गायक गुरुङ सम्मानित

  • सन्देश सम्वाददाता
  • बिहिबार, असोज ३ २०८१


इलाम खेलकुद अध्यक्ष बाँस्तोला र गायक गुरुङ सम्मानित

इलाम । जिल्ला खेलकुद विकास समिति इलामका अध्यक्ष खगेन्द्र बाँस्तोला र गायक रगुन गुरुङ सम्मानित भएका छन् । प्रयास मञ्चले बाल अनाथलय, वृद्धाश्रम, अपाङ्ग केन्द्र र दुर्गमका खेलाडीहरुको सहयोगार्थ नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा आयोजना गरेको “बुद्धवीर लामा तेह्रौं एकल गीतिमय साँझमा बाँस्तोला र गुरुङ सम्मानित भएका हुन् । बाँस्तोलालाई नेपाल खेलकुद सम्मान २०८१ र गुरुङलाई ’सङ्गीत साधना सम्मान २०८१ प्रदान गरिएको छ ।

पूर्व प्रधानमन्त्री झलनाथ खनालले सम्मानित व्यक्तित्वहरुलाई दोसल्ला र प्रमाणपत्र प्रदान गरे । नेपाली खेलकुद क्षेत्रको विकास र विस्तारमा महत्वपूर्ण भूमिका निर्वाह गर्नु हुने खेलकुद सारथीलाई सम्मान गर्ने कार्यक्रम अन्र्तगत जिल्ला खेलकुद विकास समितिका अध्यक्ष बास्तोलालाई र संगीतको क्षेत्रबाट जनचेतना र उत्प्रेरणा दिएका कारण गुरुङलाई सम्मान प्रदान गरिएको कार्यक्रम प्रमुख एवम बरिष्ठ गीतकार बुद्धविर लामाले जानकारी दिए ।

जिल्ला खेलकुद सम्हालेपछि इलाममा खेलकुद विकासले तिब्रता पाएको र यो समग्र राष्ट्रिय खेलकुदको विकासको लागि महत्वपूर्ण योगदान रहेकोले सम्मान गरिएको उनले बताए । बाँस्तोलाले जिल्ला खेलकुदको अध्यक्ष भएपश्चात बास्तोलाले विद्यालय खेलकुदलाई प्राथमिकतामा राखेका छन् ।

इलामको दुर्गम क्षेत्रमा राष्ट्रपति रनिङ सिल्ड लगायतका खेल प्रतियोगिता आयोजना गरेर सदरमुकाममा केन्द्रीत खेलहरुलाई दुर्गम क्षेत्र पालिका पालिकामा पुरााउन बास्तोलाको भुमिका महत्वपुर्ण छ । यसबाट सधै सदरमुकाममा मात्रै हुदै आएको राष्ट्रपति रनिङ सिल्ड लगायत खेलकुद प्रतियोगिता इलामका बिभिन्न पालिकाहरुमा आयोजना गरेर खेल क्षेत्रलाई जिल्ला ब्यापी चलयामान बनाउन सफल भएका छन् ।

बाँस्तोलाले जिल्लाका खेलाडीहरूको नियमित खेल प्रशिक्षण र अभ्यासको लागि नेपाल सरकार सँगको समन्वयमा आधुनिक भवन निर्माणको लागि बजेट व्यवस्थापन गरेका गर्नु भएको छ् जसले इलामको खेलाडीहरूलाई थप उचाइमा पुर्याउने जिल्लाका खेलकुदकर्मीहरुले बताउँदै आएको छन् । राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता हरेक बर्ष एक पालिकालाई झण्डा हस्तानतरण गर्दै इलामका १० वटै पालिकामा आयोजना गर्ने अभियान उनले सुरु गरेका थिए

२०७९ सालको राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता इलामका दुर्गम पालिका फाकफोकथुम गाउँपालिकामा आयोजना गरि पहिलोपटक सदरमुकाम बाहिर यो प्रतियोगितालाई संचालन भएको थियो । उक्त प्रतियोगिता कोशी प्रदेश उत्कृष्ट प्रतियोगिताको रुपमा कोशी प्रदेश सरकारबाट सम्मान समेत पाउन सफल भएको थियो । खेलकुद कार्यक्रममा आफै सहभागी भएर खेलकुद सामाग्री हस्तान्तरण खेलाडी प्रोत्साहन बाँस्तोलाले गरेका छन् ।

प्रदेश सरकारसंगको समन्वयमा खेलकुद क्षेत्रको खेलमैदान लगायतका लागि बजेट ब्यवस्थापनको पहल गरेका थिए । यस खेलकुद सम्मानले आफूले गर्दै आइरहेको काम प्रति थप सजग र थप जिम्मेवार बन्दै खेलकुद क्षेत्रमा अझै महत्वपूर्ण काम गर्न थप उत्प्रेरणा र हौसला आफूले पाएको बाँस्तोलाले बताए ।

न्यु वल्र्ड सेकेन्डरी स्कुलका संस्थापक प्रिन्सिपल गुरुङ शैक्षिक कार्यलाई कुशलतापुर्वक निर्वाह गर्दै संगीत साधनमा समेत लागेका छन् । उनले विभिन्न समयमा गरेर एक दर्जन गीतमा स्वर र संगीत भरेका छन् । गुरुङ विगत २ दशक भन्दा लामो समय देखि संगीत साधनामा लागेका छन् ।

उनले अल्झियौ अड्कियौ, एक आना दुई आना तीन आना मुटुबाटै माया गर्छु लौ न भनन्, चियाको बोटैमा , गोरीमा गोरी, झुकाई आँखा प्रितिको भाका, यादहरु, एउटा कथा जिन्दगीको डढ्यो खरानी, छेउमा आई बोलाई न त तिमी फर्किन्छौ लगायतका गीतहरुमा स्वारकन गरेका छन् । गीतिमय साँझमा कुन्ती मोक्तान, हाँस्य कलाकार महेन्द्र बागदाश, शोभना प्रधान, आस्मिक खवासका साथमा राष्ट्रिय कलाहरुको प्रस्तुती रहनेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार