Local Sandesh शनिबार, असोज ३ २०८३
  • ट्रेण्डिङ :

एन्फा वुमन्स लिग : कोशीको पोष्टमा आर्मीको ५ गोल

एन्फा वुमन्स लिग : कोशीको पोष्टमा आर्मीको ५ गोल

  • सन्देश सम्वाददाता
  • मंगलबार, असोज १ २०८१


एन्फा वुमन्स लिग : कोशीको पोष्टमा आर्मीको ५ गोल

इलाम । एन्फा वुमन्स लिगमा कोशी प्रदेश पराजित भएको छ । लिगको छैटौ चरणको खेलमा विभागीय टोली त्रिभुवन आर्मीसंग कोशी ५–० ले पराजित भएको हो । आर्मीको जितमा बिमला चौधरी, हिमा चौधरी र अनिता लम्जेलले गोल गरे । खेलको ८ औ मिनेटमा बिमलाले आर्मीलाई सुरुवाती अग्रता दिलाइन् । २ मिनेट नवित्दै उनले व्यक्तिगत दोश्रो गोल गरिन् ।

२१ औ मिनेटमा हिमाले आर्मीको अग्रता तेब्बर बनाइन् । ३८ औ मिनेटमा अनिताले आर्मीका लागि चौथा गोल गरिन् । पहिलो हाफमा ४–० ले पछि परेको कोशीले दोश्रो हाफमा थप १ गोल व्यहोर्न पुग्यो । ६० औ मिनेटमा अनिताले व्यक्तिगत दोश्रो गोल गरिन् । वुमन अफ दि म्याच आर्मीकी अनिता लम्जेल घोषित हुँदै नगद ५ हजार प्राप्त गरिन् । उनलाई नेपाली राष्ट्रिय टिमका पूर्व कप्तान नवयुग श्रेष्ठले ट्रफी र चेक हस्तान्तरण गरे ।

६ खेलबाट ४ जित, १ बराबरी र पराजय भोगेको आर्मी १३ अंकको साथ दोश्रो स्थानमा उक्लिएकाे छ । कोशीले समान खेलबाट ३ जित, १ बराबरी र पराजयसंगै १० अंक बटुल्दै चौथो स्थानमा कायम रहेको छ । कोशीले असोज ४ गते लिग लिडर एपिएफसंग खेल्नेछ । लिगमा ६ खेलबाट अपराजित एपिएफ ५ जित र १ बराबरीका साथ १६ अंक बटुल्दै शिर्ष स्थानमा छ ।

५ खेलमा ३ जित, २ बराबरीका साथ पुलिस तेश्रो स्थानमा झरेको छ ।  एपिएफले आज संकटा माथि ३–० को जित दर्ता गरेको छ । एपिएफको जितमा सरु लिम्बु, अनिता केसी र सविता राना मगरले गोल गरिन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार