Local Sandesh मंगलबार, साउन १२ २०८३
  • ट्रेण्डिङ :

कोशीका मुख्यमन्त्री कार्कीले असोज २ गते विश्वासको मत लिँदै

कोशीका मुख्यमन्त्री कार्कीले असोज २ गते विश्वासको मत लिँदै

  • सन्देश सम्वाददाता
  • सोमबार, भाद्र ३१ २०८१


कोशीका मुख्यमन्त्री कार्कीले असोज २ गते विश्वासको मत लिँदै

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले २ असोजमा पुन विश्वासको मत लिने भएका छन् । तेस्रो पटक मुख्यमन्त्री बनेका कार्कीले नेकपा माओवादी केन्द्रले १४ भदौमा समर्थन फिर्ता लिएपछि दोस्रो पटक विश्वासको मत लिन लागेका हुन् । माओवादी केन्द्रको समर्थनमा संविधानको धारा १६८ को ५ अनुसार २७ बैशाखमा मुख्यमन्त्री बनेका कार्कीले पहिलो पटक बैशाख ३१ गते विश्वासको मत लिएका थिए ।

गत असार १७ मा एमाले–कांग्रेस गठबन्धन माओवादी केन्द्र सरकार छाडेर प्रतिपक्षमा पुग्यो । ११ साउनमा माओवादी सरकार छाडेको माओवादीले १४ भदौमा सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो । समर्थन फिर्ता लिएको ३० दिन भित्र विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यता भएका कारण उनले विश्वासको मत लिन लागेका हुन् । प्रदेशसभामा कार्कीको पक्षमा दुई तिहाइ बहुमत छ ।

संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्री बनेका कार्कीको दलसँग ४० सांसद छन् । सत्ता घटक काँग्रेसका २९ सांसद छन् । प्रदेशमा बहुमतका लागि ४७ जना आवश्यक पर्छ । ९३ सदस्यीय कोशी प्रदेशसभामा १३ सांसद रहेको माओवादी केन्द्र, ६ सांसद रहेको राप्रपाका, ४ सांसद रहेको नेकपा एकीकृत समाजवादीका ४ र एक सांसद रहेको जसपा प्रतिपक्षमा छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार