Local Sandesh शनिबार, कार्तिक २२ २०८३
  • ट्रेण्डिङ :

माइमझुवामा ७ दिवसीय ट्रेकिङ पोटर गाइड तालिम

माइमझुवामा ७ दिवसीय ट्रेकिङ पोटर गाइड तालिम

  • सन्देश सम्बाददाता
  • सोमबार, भाद्र ३१ २०८१


माइमझुवामा ७ दिवसीय ट्रेकिङ पोटर गाइड तालिम

सन्दकपुर । इलामको सन्दकपुर गाउँपालिका–२ माइमझुवामा ७ दिवसीय ट्रेकिङ पोटर गाइड तालिम सुरु भएको छ । वडा कार्यालयको चालु आर्थिक बर्षको कार्यक्रमबाट तालिम संचालन गरिएको हो ।

वडा नं २ को आयोजनामा सुरु भएको तालिम आगामी असोज ५ गतेसम्म संचालन हुनेछ ।  तालिमलाई माउन्टेन एकाडेमीको प्राविधिक सहयोग र सन्दकपुर हिल्स ट्राभल्स एड रिसर्च सेन्टर प्रा.लि र ट्रेक ८५८६ को समन्वय रहेको छ ।

“कृषि, पशुपालन,जडिबुटी, प्राकृतिक श्रोत र जातजातिको सस्कृति, पर्यटनको माध्यमबाट सन्दकपुर गाउँपालिमा सम्वृद्धि“ भन्ने मुल नाराका साथ सुरु भएको तालिमको अध्यक्षता वडा नं २ का वडाध्यक्ष सनम राईले गरेका थिए ।

कार्यक्रममा सन्दकपुर गाउँपालिका अध्यक्ष तुलाराम गुरुङको प्रमुख आतिथ्यता र उपाध्यक्ष हरि बहादुर लुङ्गेलीको विशेष आतिथ्यता रहेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार