Local Sandesh शनिबार, कार्तिक २२ २०८३
  • ट्रेण्डिङ :

अर्थोडक्स चिया चीन निर्यातको पहल गर्छु : प्रचण्ड

अर्थोडक्स चिया चीन निर्यातको पहल गर्छु : प्रचण्ड

  • सन्देश सम्बाददाता
  • सोमबार, भाद्र ३१ २०८१


अर्थोडक्स चिया चीन निर्यातको पहल गर्छु :  प्रचण्ड

इलाम । नेकपा मासहितओवादी केन्द्र जिल्ला समिति इलामले नेपालमा उत्पादन भएको अर्थोडक्स चिया चिन निर्यातका लागि पहल गरिदिन प्रमुख प्रतिपक्षि दलका नेता प्रचण्डलाई आग्रह गरेको छ । माओवादी केन्द्रका केन्द्रिय सदस्य धिरेन्द्र सर्मा, जिल्ला अध्यक्ष बिजय खम्बु सहित इलामका पत्रकारहरुको टोलीले प्रचण्डसँग अर्थोडक्स चियाको प्रमुख बजार चीन हुन सक्ने भएकाले त्यसमा पहल गरिदिन आग्रह गरेका हुन् ।

पार्टीको कार्यक्रममा झापा आइपुगेका प्रचण्डसँगको भेटमा माओवादी केन्द्रका जिल्ला इञ्चार्ज धिरेन्द्र सर्माले नेपालको चिया चिनमा निर्यात गर्न सके चिया क्षेत्रबाट देशको अर्थतन्त्र विकासमा सहयोग पुग्ने भएकाले निर्यातको पहल गर्नुपर्नेमा जोड दिएका थिए । पार्टीका जिल्ला अध्यक्ष बिजय खुम्बुले इलामका जनताको मुख्य आयश्रोत चिया भएकाले त्यसलाई अझ व्यवसायीकरण गर्न अर्गानीक चिया उत्पादन र चिनमा चिया निर्यातको पहल गर्न अध्यक्ष प्रचण्डलाई आग्रह गरेका थिए । जवाफमा प्रचण्डले आफु प्रधानमन्त्री हुँदा चिन भ्रमण गरेको र नेपालको अर्थोडक्स चिया चिन निर्यातका लागि सैद्धान्तिक सहमति भएकाले आगामी दिनमा निरन्तर पलह गर्ने बताए । उनले भने– हाम्रो अर्थोडक्स चिया राम्रो छ भन्ने कुरा चिनमा भएको तयारी चियाको प्रतिस्पर्धाले नै देखाइसकेको छ ।

अब निर्यातका लागि आवश्यक संरचनाहरु तयार गर्न प्रमुख प्रतिपक्ष दलको नेता भएकाले पहल निरन्तर गर्छु । त्यसका लागि उद्योगी किसान र व्यवसायीले सबै राजनीतिक दलहरुलाई निरन्तर घच्घच्याउनुपर्ने आवश्यकता रहेको छ प्रचण्डले भने । प्रचण्डसँगको भेटमा सूर्योदय नगर उद्योग बाणिज्य संघका सचिव सुजन तिमसिना, नेपाल पत्रकार महासंघका कोषाध्यक्ष राम योङहाङ , पत्रकारहरु चेतन लिम्बु, सन्तोश गरि लगायतको टोली सहभागि रहेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार