Local Sandesh सोमबार, कार्तिक १७ २०८३
  • ट्रेण्डिङ :

इलाम नगरपालिका एफआरएमा देशभरकै पहिलो

इलाम नगरपालिका एफआरएमा देशभरकै पहिलो

  • सन्देश सम्वाददाता
  • आइतबार, भाद्र ३० २०८१


इलाम नगरपालिका एफआरएमा देशभरकै पहिलो

इलाम– पछिल्लो पटक इलाम नगरपालिका स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्यांकन (एफआरए) मा देशभरकै पहिलो भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गरेको आर्थिक वर्ष २०७९र०८० को मूल्यांकनमा ९९ प्रतिशत सूचांकसहित इलाम नगर पहिलो भएको मेयर केदार थापाले जानकारी दिए ।

योजना, बजेट तथा कार्यक्रम व्यवस्थापन, कार्यान्वयन क्षमता तथा व्यवस्थापन, लेखांकन तथा व्यवस्थापन, अनुगमन, मूल्यांकन तथा लेखापरीक्षण र राजस्व व्यवस्थापन यसका सूचक थिए । मेयर थापाले नगरले मेहनतपूर्वक काम गरेकाले यो सफलता हासिल भएको बताए । मन्त्रालयले गरेको स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन ९लिसा०मा पनि इलाम नगरपालिका देशभरको पाँचौं र कोशी प्रदेशको पहिलो भएको थियो ।

आर्थिक वर्ष २०७९/०८० को लिसामा इलाम नगरले ८९.५० अंक प्राप्त गरेको थियो । इलाम नगरले लिसाका सूचकमध्ये शासकीय प्रबन्धमा ८, संगठन तथा प्रशासनमा ७ दशमलव ७५, वार्षिक बजेट तथा योजना तर्जुमा व्यवस्थापनमा ८ दशमलव ५, वित्तीय आर्थिक व्यवस्थापनमा १० अंक पाएको थियो ।

यस्तै, सेवा प्रवाहमा १४ दशमलव २५, न्यायिक कार्य सम्पादनमा ७, भौतिक पूर्वाधारमा १०, सामाजिक समावेशीकरणमा १०, वातावरण संरक्षण तथा विपद् व्यवस्थापनमा ८ दशमलव ५ तथा सहकार्य र समन्वयमा ५ दशमलव ५ अंक इलाम नगरले ल्याएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार