Local Sandesh शनिबार, कार्तिक २२ २०८३
  • ट्रेण्डिङ :

मरब क्याम्पसमा लागुऔषध नियन्त्रण सम्बन्धी सचेतनामुलक कार्यक्रम

मरब क्याम्पसमा लागुऔषध नियन्त्रण सम्बन्धी सचेतनामुलक कार्यक्रम

  • सन्देश सम्वाददाता
  • बिहिबार, भाद्र २७ २०८१


मरब क्याम्पसमा लागुऔषध नियन्त्रण सम्बन्धी सचेतनामुलक कार्यक्रम

इलाम : इलामको महेन्द्ररत्न बहुमुखी क्याम्पसमा लागुऔषध नियन्त्रण सम्बन्धी सचेतनामुलक कार्यक्रम गरिएको छ । जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय इलामको सयुक्त आयोजनामा सचेतनामुलक कार्यक्रम सम्पन्न भएको हो ।

लागुऔषध नियन्त्रण सम्बन्धी जिल्ला प्रशासन कार्यालय इलाम र जिल्ला प्रहरी कार्यालय इलामले तयार पारेको लागुऔषध नियन्त्रण सम्बन्धी विशेष तीन महिने कार्ययोजना तथा लागुऔषध विरुद्ध आमाहरु अभियानलाई निरन्तरता कार्यक्रम गरेको जनाइएको छ ।

इलाम जिल्लाका प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा इलाम नगरपालिका–७ का वडाध्यक्ष नरेश श्रेष्ठ, मरब क्याम्पस प्रमुख गंगाराम पौडेल, प्राध्यापक, विद्यार्थी लगायतको सहभागिता रहेको थियो । कार्यक्रममा इलाममा प्रहरी प्रमुख प्रहरी उपरिक्षक प्रभु प्रसाद ढकालले लागुऔषध सम्बन्धी प्रस्ततीकरण गरेका थिए । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी, वडाध्यक्ष र क्याम्पस प्रमुखले आफ्नो भनाई राखेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार