Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

शुन्य नतिजा प्राप्त इलामका १५ विद्यालयमा अनेरास्ववियुको शैक्षिक बहस

शुन्य नतिजा प्राप्त इलामका १५ विद्यालयमा अनेरास्ववियुको शैक्षिक बहस

  • सन्देश सम्वाददाता
  • बिहिबार, भाद्र २७ २०८१


शुन्य नतिजा प्राप्त इलामका १५ विद्यालयमा अनेरास्ववियुको शैक्षिक बहस

इलाम । अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) इलामले एसईई परिक्षा २०८० मा शुन्य नतिजा प्राप्त विद्यालयमा शैक्षिक बहस कार्यक्रम अघि बढाएको छ । नेकपा एमाले निकट विद्यार्थी संगठनले शून्य नतिजा प्राप्त गरेको इलामका १५ वटा माध्यमिक विद्यालयहरुमा कार्यक्रम अघि बढाएको हो । कार्यक्रम सम्पन्न गर्नका लागि साउन ३२ गते जिल्ला कमिटिको पुर्ण बैठक गरि पालिका तह स्तरिय जिम्मेवारी समेत प्रदान गरिएको छ ।

इलाम नगरपालिकामा साङरुम्बा मावि, शारदा मावि र नन्द माविमा जिल्ला उपाध्यक्ष दर्शन राईलाई जिम्मेवारी दिइएको छ । सूर्योदय नगरपालिकामा कृष्ण मावि र गणेश्वरी माविमा सचिव सुशान्त चापागाईलाई जिम्मेवारी दिइएको छ । देउमाई नगरपालिकाको फलाँटे माविमा उपसचिव विशाल काकी, माई नगरपालिकाकाको युवा बर्ष मावि तथा रोङ गाउँपालिकाको बहुबन मावि र उमा महेश्वरी माविमा उपाध्यक्ष गोपाल आचार्य, चुलाचुलीको मिक्लाजुङ माविमा युनेश न्यौपानलाई जिम्मेवारी दिइएको छ ।

फाकफोकथुमको सिंहदेवी मावि, जनकल्याण मावि र जानकी माविमा उपसचिव सुमन दियालीले जिम्मेवारी पाएका छन् । त्यसैगरी माङसेबुङको विद्या सिर्जना मावि र दुर्गा माविमा शुक्र फागोलाई जिम्मेवारी तोकिएको छ । पालिका तहको जिम्मेवारी पाएका पदाधिकारीहरुले स्थलगत रुपमा उपस्थितीमा विद्यालयका सबै सरोकारवालाहरुलाई सहभागी गरि शैक्षिक बहस आयोजना गर्ने र उक्त कार्यक्रमको लिखित प्रतिवेदन आगामी भदौ ३१ गतेको जिल्ला कमिटीको बैठकमा पेश गर्नुपर्ने उपाध्यक्ष दर्शन राईले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार