इलाम । एन्फा वुमन्स लिगमा कोशी प्रदेशले शिर्ष स्थान गुमाएको छ । चौथो चरणको खेलमा विभागीय टोली नेपाल पुलिससंग ४–० ले पराजित बनेपछि कोशीले शिर्ष स्थान गुमाएको हो । पुलिसमा जितमा अनुष्का शेर्पा, निर्मला उपाध्याय, सम्झना लावती र अमृत जैशीले गोल गरे । जितसंगै पुलिस ४ खेलबाट ३ जित र १ बराबरी गर्दै १० अंकको साथ शिर्ष स्थानमा उक्लिएको छ ।
४ खेलबाट ३ जित र १ पराजय भोगेको कोशी दोश्रो स्थानमा झरेको हो । २४ औ मिनेटमा शेर्पाले पुलिसलाई अग्रता दिलाइन् । दोश्रो हाफको पहिलो मिनेटमा उपाध्यायले अग्रता दोब्बर बनाइन् । ७९ औ मिनेटमा लावतीले तेश्रो गोल गर्दा ८८ औ मिनेटमा जैशीले गोल गरिन् । खेलको प्लेयर अफ दि म्याच पहिलो गोलकर्ता शेर्पा घोषित भइन् ।
आज नै दिउसो साढे ३ बजे सुरु हुने खेलमा कर्णाली प्रदेश र संकटा क्लबबीच प्रतिस्पर्धा हुँदैछ।