Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

सूर्योदय नगरपालिकामा ८८.५४ प्रतिशत वित्तिय प्रगती

सूर्योदय नगरपालिकामा ८८.५४ प्रतिशत वित्तिय प्रगती

  • सन्देश सम्वाददाता
  • बुधबार, भाद्र २६ २०८१


सूर्योदय नगरपालिकामा ८८.५४ प्रतिशत वित्तिय प्रगती

 

फिक्कल । पर्यटकीय नगरी सूर्योदय नगरपालिकाको तेही र चौंधी नगर सभाबाट स्वीकृत आ.व. २०८०/०८१ को वार्षिक बजेट तथा कार्यक्रम कार्यान्वयनको वार्षिक प्रगति समीक्षा आज सम्पन्न भएको छ । नगरको सशोधित वार्षिक बजेट १ अर्ब ९ कराेड ३८ लाख ७५ हजार ७ सय ८१ विनियोजन गरिएकोमा जम्मा ९६ कराेड ८५ लाख ७७ हजार ५ सय ९४ रूपैया २४ पैसा वजेट खर्च भई समग्रमा ८८.५४ प्रतिशत वित्तीय प्रगति प्राप्त भएको छ।

जसमा चालु खर्चतर्फ रु.६९ करोड ८२ लाख ७५ हजार विनियोजन भएकोमा रु.६१ करोड ६० लाख ८७ हजार ८८.८२ प्रतिशतः बजेट रकम खर्च भएको हो। पूँजीगत खर्चतर्फ ३९ करोड ५५ लाख विनियोजन भएकोमा ३५ करोड २४ लाख ८९ हजार अर्थात ८९.१२ प्रतिशत बजेट रकम खर्च भएको देखिन्छ ।

नगरको विषयगत समिति अन्तर्गत आर्थिक विकासतर्फ ८४.०४ प्रतिशत, सामाजिक विकासतर्फ ९२.२३ प्रतिशत, पूर्वाधार विकासतर्फ ८९.६३ प्रतिशत, सुशासन तथा अन्तर सम्वन्धित क्षेत्रतर्फ ६६.१३ प्रतिशत र कार्यालय सञ्चालन तथा प्रशासनिकतर्फ ८३.८५ प्रतिशत वित्तीय प्रगति हासिल भएको समीक्षा गोष्ठीमा प्रस्तुत प्रतिवेदनमा उल्लेख गरिएको छ ।

समृद्ध नगर निर्माण गर्न नगरले निर्धारण गरेको कृषि र पर्यटन क्षेत्रलाई मुख्य प्राथमिकता दिएको छ। शिक्षा, स्वास्थ्य, आर्थिक विकास र पूर्वाधार निर्माण गर्न मुख्य लगानी गरेको प्रस्तुत प्रतिवेदनमा उल्लेख गरिएको छ। नगरले स्वीकृत गरी हाल कार्यान्वयनमा रहेको आवधिक योजना र मध्यकालीन खर्च संरचनासँग सामञ्जस्यता कायम गरी वार्षिक बजेट तथा कार्यक्रम कार्यान्वयनलाई दीगो विकास लक्ष्य प्राप्तितर्फ उन्मुख गर्दै आएको नगर प्रमुख रणबहादुर राईले बताए ।

सूर्योदय नगरपालिका नगर कार्यपालिकाको कार्यालयको प्रमुख प्रशासकीय अधिकृत श मिलन भट्टराईको अध्यक्षता र नगर प्रमुख श्री रणबहादुर राईको प्रमुख आतिथ्यतामा सम्पन्न समीक्षा गोष्ठीमा महाशाखा, विषयगत शाखा र वडाबाट प्रगति विवरण तयार गरी प्रस्तुत गरिएको थियो।

उक्त कार्यक्रममा विषयगत समितिका संयोजकहरु, वडाअध्यक्षहरु, वडा सदस्यहरु, शाखा प्रमुखहरु र अन्य कर्मचारीहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार