Local Sandesh आइतबार, असोज ४ २०८३
  • ट्रेण्डिङ :

कोशीमा आधारित पर्यटन विकास गर्नुपर्छ : प्रचण्ड

कोशीमा आधारित पर्यटन विकास गर्नुपर्छ : प्रचण्ड

  • सन्देश सम्वाददाता
  • मंगलबार, भाद्र २५ २०८१


कोशीमा आधारित पर्यटन विकास गर्नुपर्छ : प्रचण्ड

धरान :  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चतरा क्षेत्रमा कोशी नदीमा आधारित पर्यटन विकास गर्नुपर्नेमा जोड दिएका छन्। उदयपुरको बेलका नगरपालिकास्थित श्री वरपिपल माध्यमिक विद्यालय कमलाबारीको शैक्षिक भवनको उद्घाटन गर्दै उनले कोशी किनारमा पर्यटनको सम्भावना रहेको उल्लेख गरे।

उनले त्यस क्षेत्रमा उद्योग व्यवसायको उत्तिकै सम्भावना रहेकाले समग्र विकासका लागि आफ्नो तर्फबाट सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। “हुन त म अहिले प्रधानमन्त्री छैन तर पनि विपक्षी दलको नेता भएकाले आफूले गर्ने सहयोगको ठाउँहरु अहिले पनि भएकाले सुनसरीको बराहक्षेत्र चतरा कोशी आसपासमा पर्यटन प्रवर्द्धनको विकासमा सक्दो सहयोग गर्नेछु”, उनले भने।

प्रतिक्रिया
सम्बन्धित समाचार