इलाम । शसस्त्र जनयुद्धका सहिद प्रेश श्रेष्ठको साहदत क्षेत्र इलाम नगरपालिका ५ स्थित बरबोटेको धारापानीमा सहिदहरुको योगदान बारे अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । सहिद स्मृति मञ्च द्वारा आयोजित जनयुद्धका सहिद प्रेम श्रेष्ठ (सुधीर) ले शाहादत गरेको स्थलमा सहिद पार्क निर्माण लगायतका बिषयमा अन्तरक्रिया सम्पन्न भएको हो् । सहिद स्मृति मञ्चकी अध्यक्ष मंगली विकको अध्यक्षता र इलाम नगरपालिका ५ का अध्यक्ष काजिबहादूर श्रेष्ठको प्रमुख आथित्यतामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।
जनप्रतिनिधि र स्थानीय नागरिक बुद्धिजीवी संगको अन्तरक्रिया कार्यक्रममा इलाम नगरपालिका ४ का अध्यक्ष नुतनदेव दुलाल, इलाम नगरपालिका ६ का अध्यक्ष दुर्गामदन श्रेष्ठ, नेकपा माओवादी केन्द्र इलाम नगरपालिका इञ्चार्ज प्रभाश सर्मा, बुद्धिजिवी उमाकान्त भट्टराई लगायतले सहिदको सपना पुरा गर्न सबै एक भएर लाग्नुपर्नेमा जोड दिए । उनीहरुले सहिदको सपना साकार पार्न पार्टीका केन्द्रिय नेतृत्वमाथि मात्रै प्रश्न गरेर नपुग्ने भएकाले सबै आम नागरिक एक भएर लाग्नुपर्नेमा जोड दिए । अन्तरक्रियामा स्थानीय समुदायको उपस्थिति रहेको थियो । कार्यक्रममा सहिद परिवारलाई सम्मान गरिएको थियो ।
