Local Sandesh शनिबार, असोज ३ २०८३
  • ट्रेण्डिङ :

प्रथम ओएसिस महिला गोल्डकपको नाफा १ लाख १३ हजार

प्रथम ओएसिस महिला गोल्डकपको नाफा १ लाख १३ हजार

  • सन्देश सम्वाददाता
  • शनिबार, भाद्र २२ २०८१


प्रथम ओएसिस महिला गोल्डकपको नाफा १ लाख १३ हजार

इलाम । प्रथम ओएसिस महिला गोल्डकपको आय–व्यय सार्वजनिक गरिएको छ । क्लब ओएसिसले आज आय–व्यय सार्वजनिक गरेको हो । क्लबले प्रतियोगिताबाट १ लाख १३ हजार ८२९ रुपैया नाफा कमाएको छ । क्लबले प्रतियोगिता संचलानबाट ५ लाख २ हजार ८२९ रुपैया नाफा बनाएपनि ३ लाख ८९ हजार रुपैया उठ्न बाँकी रहेको क्लबका अध्यक्ष ध्रुब राईले जानकारी दिए ।

उठ्न बाँकी रकम क्लबले नपाएको खण्डमा खुद नाफा १ लाख १३ हजार ८२९ रुपैया बैंक मौज्दातमा रहने उनले बताए । गत फागुन ३ गतेबाट ७ गतेसम्म संचालित प्रतियोगितामा १८ लाख २७ हजार ११ रुपैया आय भएको छ । आय मध्येबाट खर्च १७ लाख १३ हजार १ सय ८२ रुपैया खर्च भएको थियो ।

प्रतियोगिता संचालनका लागि इलाम नगरपालिका, विभिन्न स्थानीय तह, वडा कार्यालय, जापान, अमेरिका, दक्षिण कोरिया, स्थानीय र अन्य प्रवाशी नेपालीहरुबाट सहयोग प्राप्त भएको थियो । सहयोग रकमलाई मितव्ययी रुपमा खर्च गरेको कारण बचत गर्न सफल भएको क्लबका पूर्व अध्यक्ष एवम जिल्ला फुटबल संघका उपाध्यक्ष च्याङ मुखियाले बताए ।

इलामको ठुलो टुडिखेलमा भएको प्रतियोगिता भारतको मानेभञ्ज्याङ फुटबल क्लबले जितेको थियो । मानेभञ्ज्याङले दिपेन्द्रशिखर फुटबल क्ल्बलाई हराउँदै उपाधि सहित २ लाख रुपैया प्राप्त गरेको थियो । उपविजेता दिपेन्द्रशिखरले १ लाख रुपैया प्राप्त गरेको थियो । प्रतियोगितामा नेपाल र भारतका ८ टिमको सहभागिता रहेको थियो ।

क्लबले यस बर्ष दोश्रो संस्करणको तयारी अघि बढाउने भएको छ । माघमा संचालन गर्ने गरि तयारी अघि बढाइएको अध्यक्ष ध्रुब राईले जानकारी दिए ।

यस्तो छ आर्थिक विवरण

प्रतिक्रिया
सम्बन्धित समाचार