Local Sandesh मंगलबार, साउन १२ २०८३
  • ट्रेण्डिङ :

अण्डकोषको क्यान्सर पिडित खेलाडी सुजीद्धारा सहयोगको अपिल

अण्डकोषको क्यान्सर पिडित खेलाडी सुजीद्धारा सहयोगको अपिल

  • सन्देश सम्वाददाता
  • शुक्रबार, भाद्र २१ २०८१


अण्डकोषको क्यान्सर पिडित खेलाडी सुजीद्धारा सहयोगको अपिल

फिक्कल । क्यान्सर पिडित इलामको देउमाई नगरपालिका–३ बाफ्रुङका का समिर सुजीले सहयोगको अपिल गरेका छन् । फुटबल खेलाडी समेत रहेका सुजी २ साता देखि विरामी परेका सुजीलाई क्यान्सर देखा परेको हो । २१ बर्षिय सुजीलाई ढाड दुख्ने समस्या देखिएपछि किड्नीमा स्टोन भएको आशंका गरिएको थियो ।

झापाका विभिन्न अस्पतालमा उपचार गराउँदा ठिक नभएपछि पुर्वाञ्चल क्यान्सर अस्पतालमा चेकजाँच गर्दा क्यान्सर देखिएको स्वास्थ्यकर्मी नारायण राउतले जानकारी दिए । उनका अनुसार सुजीलाई अण्डकोषको क्यान्सर भएको हो । आर्थिक अवस्था कमजोर रहेको सुजीले थप उपचारका लागि समस्या देखिएपछि सहयोगको अपिल गरेका हुन् ।

सुजीलाई सहयोग गर्न चाहनेले सिद्धार्थ बैंक रहेको उनको दाजु दिनेश नेपालीको खाता नं ००७१५२४१५५३ मा रकम जम्मा गर्न सकिनेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार