Local Sandesh शनिबार, कार्तिक २२ २०८३
  • ट्रेण्डिङ :

इलाममा व्यवसायीक फुल खेती बढ्दै, फुल नर्सरी आम्दानीको श्रोत

इलाममा व्यवसायीक फुल खेती बढ्दै, फुल नर्सरी आम्दानीको श्रोत

  • सन्देश सम्बाददाता
  • शुक्रबार, भाद्र २१ २०८१


इलाममा व्यवसायीक फुल खेती बढ्दै, फुल नर्सरी आम्दानीको श्रोत

इलाम । इलाम भित्रने पर्यटकहरुले फुल खरिद गर्ने क्रम बढेपछि इलाममा व्यवयासीक फुल खेती फस्टाएको छ । नेपाल र भारतका सहरबाट मौसमी र बेमौसमी फुलका बिरुवाको माग बढेपछि इलाममा व्यवसायीक फुल खेतीमा आकर्षण बढेको हो ।
चार वर्षअघि फूल खेती सुरु गरेका इलाम नगरपालिका–७ का प्रविण श्रेष्ठको नर्सरीमा १० लाख बढी मुल्यका फुलका बिरुवा छन् । अर्किट, इन्जेलिया, केमेलिया, धूपीलगायतका विभिन्न जातका फूलका बिरुवा श्रेष्ठको नर्सरीमा छन् । सोखका लागी रोपेको फुलको नर्सरी अहिले प्रविण श्रेष्ठको आम्दानीको मुख्य श्रोत भएको हो । इलाम सदरमुकामको भ्यु टावरमा बुद्धमाया सोङ्मीले ७ वर्षदेखि फुल व्यवसाय गर्दै आएकी छन् ।
‘ग्रिन हाउस’ निर्माण, फूलका बीउ र बिरुवा खरिद गरि सोङ्मीले शुरु गरेको ‘भ्यूटावर फूल नर्सरी उद्योग’ फूल उद्योगले चिनिन्छ । इलामका फुल नर्सरीका मुख्य ग्राहाक इलाम घुम्न आउने पर्यटक हुन् । घुम्नका लागि आउने पर्यटकले मुख्य कोसेलीका रुपमा फूल खरिद गर्दै आएको व्यवसायी प्रविण श्रेष्ठले बताए ।

इलामका नर्सरीमा १५ रुपियाँदेखि १० हजार रुपियाँसम्मको फूल खरिद बिक्रि हुन्छ । नर्सरीमा सिजन अनुसारको फूल उत्पादन हुन्छ । फुल व्यवसायीहरुले मासिक ७० हजार रुपियाँसम्म आम्दानी गर्दै आएका छन् । फुल नर्सरीहरुमा तीन जनादेखि ५ जनासम्मले रोजगारी पाएका छन् । इलाममा उत्पादन भएको फुल काठमाडौँ, पोखरा र भारतको दार्जिलिङ्ग सहरमा बिक्रि हुने गरेको व्यवसायी संगिता प्रधानले बताइन् ।
इलामको पशुपतिनगर, फिक्कल, गोदक, भन्ज्याङ, रक्से लगायतका बजारमा व्यवसायीक फुल खेती हुन्छ । फुल खेतीमा महिलाहरुको सहभागिता बढी रहेको फ्लोरिकल्चर एशोसिएसनकी रञ्जिता जिमि याख्खाले बताउनुभयो ।
व्यवसायीहरुले पर्यटकलाई केन्द्रित गरि फूल खेती गर्दै आएका छन् । फ्लोरिकल्चर एशोसिएसनले फुल खेती प्रवद्र्धका लागि नेपाली र बिदेशी प्रशिक्षक ल्याएर इलामका किसानलाई तालिम प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार